News Category 2078/05/26
काग्रेस सांसद अमरेश सिंहका बहिनीज्वाई संजय झाले शिक्षाको नाममा करोडौं ठगि गरेको तथ्य बाहिरियो

दैनिक समाचारदाता
राजविराज, २६ भदौं ।
रौतहटका एक व्यक्तिले शिक्षा मन्त्रालयसँग साठगाठ गर्दै विभिन्न कलेजहरुको स्वीकृतीका लागि दर्ता भएका फायलहरु लिने गरेको खुलासा भएको छ ।
रौतहटको इशनाथपुर हाल औरैया ९ निवासी ५० वर्षिय संजय झा नेपाली काग्रेसका सांसद अमरेश नारायण सिंहका आफ्नै बहिनिज्वाई हुन् । सांसद सिंहको सांसद पदको आडमा करौडौ रुपैंया ठगि गरेको समेत गरेको तथ्य बाहिरिएको छ ।
ललितपुरको ग्वार्कोमा बस्दै आएका झाले विगत सात वर्षदेखि सिंहको सांसद पदको दुरुपयोग गर्दै शिक्षा मन्त्रालय समेतलाई प्रभावमा पारेको तथ्य खुलेको छ ।
मुलुकको विभिन्न कलेजहरुको समस्या समाधान गराइदिने भन्दै त्यस्ता कलेजहरुको संयोजक रहेको भन्दै मन्त्रालयसँगको साठगाँठमा र कलेजसँगको सम्बन्धित समस्या समाधान गर्ने भनि विभिन्न विश्वबिद्यालयको लब्धाङ्क पत्रदेखि प्रमाणपत्रसम्म समरुपता सहितको डिजाईन गर्ने र वितरण गर्ने गराउने जिम्मेबारी सहितको व्यवस्थापनको नाउमा झाले कार्य गर्दै आइरहेका छन उनी ।
झाले दर्ता भएका फाइल तथा बिबादित कलेजहरु जम्मा गर्दै सम्बन्धित निकायबाट त्यसको स्वीकृतिका लागि विभिन्न व्यक्ति तथा कम्पनिहरुसग करोडौ रुपैंया उठाउने र पछि कुनै न कुनै किसिमको विवाद निकाल्दै कलेजको शेयर पनि नदिने तथा आफुले लिएको रकम समेत फिर्ता नगर्ने गरेको खुलेको छ ।
यस्तै अनेक ठगि प्रकरणमा पाटन उच्च अदालतको परमादेशबाट अहिले पक्राउ परेका झा प्रहरी थुनामा भने छैनन् । पक्राउ परेपछि न्युनतम पनि २५ दिन प्रहरी थुनामा राखी अनुसन्धान तथा बयान लिने गरिन्छ । प्रहरीले पक्राउ गरे लगत्तै झालाई छुटाउन झाका जेठान काग्रेस सांसद अमरेश सिह प्रहरी परिसर टेकु पुगे र करिब ४ घण्टा त्यहि बिताए । अन्तत: स्वस्थ्य अवस्थामा पक्राउ परेका झालाई बिरामी रहेको भन्दै काठमाडौँ मेडिकल कलेज सिनामंगलमा भर्ना गरियो । यसरी स्वस्थ्य अवस्थामा पक्राउ परेपनि सांसदको शक्ति आडमा झा प्रहरी थुनामा नरही अहिले अस्पतालमा बसिरहेका छन । बिरामी भनिएका झालाई सुरुमा सिनामंगल स्थित केएमसी अस्पतालको आईसोलेसन वार्डको केबिन नम्बर १३ र १८ मा रखिएको भनिएता पनि केबिन नम्बर परिबर्तन भई रहने गरेको छ । अस्पताल नै बस्नु पर्ने अवस्थाको बिरामी रहेका भनि अस्पताल भर्ना गरिएका झा भने अधिकांश समय फेसबुकमा रमाइरहेका छन ।
यसैबीच धरानका लोकेन्द्र श्रेष्ठ लगायत मनोज श्रेष्ठसग झाले कलेजको काम गर्ने र शेयर दिने नाउँमा लाखौ रकम लिएको पीडितहरुले बताएका छन् । झाले श्रेष्ठसग केन्ट कलेज अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट लगायत वेलह्याम्स एजुकेशन नेटवर्क, हाल केन्ट कलेज को नाउँमा एक करोड रुपैंया लिएको प्रमाण छ ।
त्यसैगरी झाले शिक्षा मन्त्रालयबाट भिरिन्ची कलेजको स्वीकृति दिलाइदिने भन्दै त्यसको सम्झौता गरी दश लाख रुपैंया लिएको समेत देखिन्छ ।
यदि मन्त्रालयबाट सम्झौता गराउन नसके आफुले लिएको दश लाख रुपैंया फिर्ता गर्ने भन्दै ग्यारेन्टी स्वरूप झाले नेपाल एसबिआई बैंकमा रहेको आफ्नो खाताको दश लाख रुपैंयाको चेक मनोज श्रेष्ठलाई दिएको देखिन्छ । हालसम्म झाले न काम गरिदिए नत पैसा नै फिर्ता गरेका छन ।
वेल्ह्याम्स एजुकेशन नेटवर्क प्रालिको शेयर दिने भन्दै झाले धनुषाका प्रविन कुमार झासग सुरुवाती लगानी गर्दै प्रविन झालाई शेयर कायम नगरी ललितपुरका सुयोग्यमान तुलाधरसग कम्पनि किनबेचको सम्झौता गरी २५ लाख रुपैंया लिएका थिए । पछि तुलाधरसग समेत विवाद गरी उक्त कम्पनि पुन: अन्य व्यक्तिलाई बेचेको देखिन्छ ।
यस्तै किसिम अर्को एक प्रकरणमा ICHM Nepal तथा ICHM Lalitpur कलेजका समस्याग्रस्त ब्याच “२०१३“ को समाधान हुदै गर्दा झा कै सम्योजकत्वमा WLC Nepal का संचालक समेत रहेका संजय झाको ठाडो निर्देशनमा अकल प्रसाद जोशीले बिद्यार्थीसग लाखौ रकम उठाएका थिए । झा समेत रहेका ICHM Nepal का संचालक शिबकुमार श्रेष्ठको सम्योजकत्वमा वितरण भएको लाब्धंकपत्र समेत के ठिक छ भन्ने सन्देहास्पद रहेको देखिन्छ ।
यी त ठगीका केहि उदाहरण मात्र हुन् । यसरी अनेक तवरले करोडौ रुपैंया ठगि गर्दै खोलिएको बिभिन्न कलेजको अध्यक्ष तथा सिईओ लगायत अन्य पदमा रही कलेज संचालन गर्दै आईरहेका छन संजय झा ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/31 सबै जुटे सरसफाईमा
- 2082/05/31 जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
- 2082/05/31 मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
- 2082/05/30 फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
- 2082/05/30 डिभाईडरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
- 2082/05/29 राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
- 2082/05/29 कारागार क्षेत्रमा कफ्र्यु आदेश
- 2082/05/29 राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
- 2082/05/27 आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ