News Category 2078/06/18
जनमत पार्टीद्वारा मुख्यमन्त्रीको राजिनामा माग
दैनिक समाचारदाता
जनकपुरधाम, १८ असोज ।
जनमत पार्टीका कार्यकर्ताहरुले सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय घेराउ गर्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजिनामा माग गरेका छन् ।
बेटी बचाउ, बेटी पढाउ अभियान अन्तर्गत साइकल खरिदमा भ्रष्टाचारको आरोप लागेपछि जनमत पार्टीका कार्यकर्ताहरुले मुख्यमन्त्री राउतको राजिनामा माग गदै कार्यालय घेराउ गरेका हुन् ।
जनमत पार्टीकी केन्द्रीय सचिव अनिता साहले भ्रष्टाचारको छानविन गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारेकोमा अख्तियारका पदाधिकारीलाई धन्यवाद दिदै छानविन गर्न र दोषी ठहर भए कानून बमोजिम कारबाही गर्न अख्तियारसँग आग्रह समेत गरिन् ।
उनीहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय घेराउ गर्दै साइकल चोर देश छोर, भ्रष्ट प्रदेश सरकार मुर्दाबाद, जनमत पार्टी जिन्दावाद जस्ता नारा लगाएका थिए ।
जनमत पार्टीका कार्यकर्ताहरुले जनकपुरधामको सडक मर्मतमा चासो नदेखाएको भन्दै सोमबारै जनकपुरधाम उपमहानगरपालिका र खानेपानी तथा ढल व्यवस्थापन विभागमा तालाबन्दी समेत गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ