News Category 2070/03/16
कारागारका एक कैदीमा एचआइभी
आमेन्द्र यादव
राजविराज, १४ असार ।
राजविराज कारागारका एक जना कैदीमा एचआइभी÷एड्स भएको पुष्टि भएको छ ।
अपहरण मुद्दामा कारागारमा कैदी जीवन बिताइरहेका सप्तरीको सिस्वाबेल्ही गाविस २ निवासी सुरेशकुमार चौधरीलाई एचआइभी÷एड्स ‘पोजेटिभ’ देखिएको हो ।
चार दिन अगाडि धरानस्थित बि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा जाँच गराउँदा उनमा एचआइभी देखापरेको चौधरीले बताउनुभयो । अहिले उहाँ सगरमाथा अंचल अस्पतालको आकस्मिक कक्षमा भर्ना हुनुभएको छ ।
कारागारभित्र अत्यधिक बिरामीपरेपछि ३८ बर्षीय चौधरीलाई उपचारका लागि बुधबार धरान लगिएको थियो । खाना नरुच्ने, दिनदिनै दुब्लाउँदै जाने, खोकी अत्यधिक लाग्न थालेपछि उनलाई उपचारका लागि लगिएको थियो । अहिले चौधरीलाई दैनिक रुपमा कारागारबाट अस्पताल ल्याउने र पु¥याउने काम भइरहेको छ ।
चौधरीका दाजु छोटु चौधरीले बिगत एक बर्षदेखि लगातार बिरामी रहँदै आएका आफ्ना भाईको उपचारमा प्रशासनले हेलचेक्रयाइँ गरेको आरोप लगाउनुभएको छ । समयमै उपचार गराइदिएको भए भाईको रोग यत्रो जटिल बन्ने थिएन’ उहाँले भन्नुभयो, ‘‘भाई अन्तिम अवस्थासम्म आउँदा पनि प्रशासनले कारागारमै राखेर राम्रोसँग उपचार गराइरहेको छैन् ।’’
तीन बर्ष अगाडि गाउँकै सुर्यनारायण साहका छोरा छठी साहको अपहरण गरेको आरोपमा प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो उनलाई पुर्पक्षका लागि थुनामा राखिएको छ ।
एचआइभी संक्रमित चौधरीले कारागारभित्र धेरै पटक आफूलाई बिभिन्न किसिमको सूई दिएको र सिरिन्जकै माध्यमबाट एचआइभी सरेको हुन सक्ने बताउनुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ