News Category 2070/03/16
कारागारका एक कैदीमा एचआइभी
आमेन्द्र यादव
राजविराज, १४ असार ।
राजविराज कारागारका एक जना कैदीमा एचआइभी÷एड्स भएको पुष्टि भएको छ ।
अपहरण मुद्दामा कारागारमा कैदी जीवन बिताइरहेका सप्तरीको सिस्वाबेल्ही गाविस २ निवासी सुरेशकुमार चौधरीलाई एचआइभी÷एड्स ‘पोजेटिभ’ देखिएको हो ।
चार दिन अगाडि धरानस्थित बि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा जाँच गराउँदा उनमा एचआइभी देखापरेको चौधरीले बताउनुभयो । अहिले उहाँ सगरमाथा अंचल अस्पतालको आकस्मिक कक्षमा भर्ना हुनुभएको छ ।
कारागारभित्र अत्यधिक बिरामीपरेपछि ३८ बर्षीय चौधरीलाई उपचारका लागि बुधबार धरान लगिएको थियो । खाना नरुच्ने, दिनदिनै दुब्लाउँदै जाने, खोकी अत्यधिक लाग्न थालेपछि उनलाई उपचारका लागि लगिएको थियो । अहिले चौधरीलाई दैनिक रुपमा कारागारबाट अस्पताल ल्याउने र पु¥याउने काम भइरहेको छ ।
चौधरीका दाजु छोटु चौधरीले बिगत एक बर्षदेखि लगातार बिरामी रहँदै आएका आफ्ना भाईको उपचारमा प्रशासनले हेलचेक्रयाइँ गरेको आरोप लगाउनुभएको छ । समयमै उपचार गराइदिएको भए भाईको रोग यत्रो जटिल बन्ने थिएन’ उहाँले भन्नुभयो, ‘‘भाई अन्तिम अवस्थासम्म आउँदा पनि प्रशासनले कारागारमै राखेर राम्रोसँग उपचार गराइरहेको छैन् ।’’
तीन बर्ष अगाडि गाउँकै सुर्यनारायण साहका छोरा छठी साहको अपहरण गरेको आरोपमा प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो उनलाई पुर्पक्षका लागि थुनामा राखिएको छ ।
एचआइभी संक्रमित चौधरीले कारागारभित्र धेरै पटक आफूलाई बिभिन्न किसिमको सूई दिएको र सिरिन्जकै माध्यमबाट एचआइभी सरेको हुन सक्ने बताउनुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ