News Category 2078/07/08
मिथिला कप क्रिकेट प्रतियोगितामा पर्सा र धनुषा बिजयी
दैनिक समाचारदाता
राजविराज, ८ कात्तिक ।
राजविराजमा जारि तेस्रो संस्करणकोे मिथिला कप क्रिकेट प्रतियोगीताको दोस्रो दिनको खेलमा पर्साले मोरङलाई ५४ रनले तथा डि.आर.सि.ए. धनुषाले सिरहालाई ७ विकेटले पराजित गरेको छ ।
युवा शक्ति क्लव विष्णुपुर ६ द्वारा संचालित उक्त प्रतियोगिता अन्तरगत सोमबारको पहिलो खेलमा टस जितेर युनाईटेड क्रिकेट क्लव पर्साले निर्धारित २० ओभरमा १० बिकेट गुमाई १ सय ३८ रनको योगफल खडा गरेको थियो ।
जसमा टिमका लागि इमरान सेक ३२ रन, असब मंसुरी ३० रन तथा नरेश गिरी १४ रनको योगदान गरेका थिए । बलिंगतर्पm बिराटनगर स्पोटीङ क्लव, मोरङका मेहबुब इराकी ३ विकेट, सौगात भगतले २ विकेट तथा फिरदोस अंसारी, मिनस थापा, बिधान गोसामी समान १–१ विकेट हात पारेका थिए ।
जवाफमा बिराटनगर ले १७ ओभर ५ बलमा आफ्नो विकेट गुमाउदै ८३ रनमै अल–आउट हुन पुग्यो । जसमा विराटनगरका लागी मुकुन्द यादव २० रन, निरज मुखिया १८ रन र सिदान्त लोहनी १४ रनको योगदन दिएका थिए । बलिँग तर्पm पर्साका अलफाज मंसुरी ३ विकेट तथा साइफल, समसाद, राजा र नसरुदिन समान १–१ विकेट हाथ पारे । सो खेलको म्यान अफ दि म्याच युनाईटेड पर्साका अलफाज घोषित भए ।
यसैगरी सोमबारै सम्पन्न दोस्रो खेलमा सिरहालाई ७ विकेटले पराजित गर्दै धनुषा बिजय भएको छ । टस जितेर ब्याटिङ रोजेको सिरहाले निर्धारित २० ओभरमा७ विकेट गुमाई १०१ रनको योगफल खडा गरेका थियो । जसमा दिपेश दास ३० रन, शैलेन्द्र साह २४ रन र अमित मण्डल १५ रन जोडेका थिए ।
बलिंगतर्पm डि.आर.सि.ए. धनुषाका सैमन राय ३ विकेट, अकाश राय र बिशालले जम्मा २–२ विकेट तथा दिव्यान्सु मलिकले १ विकेट हाथ पारेका थिए । जवाफमा १ सय १ रनको लक्ष्य लिएका डि.आर.सि.ए. धनुषा ले १७ ओभर ३ बल खेल्दै बिजय हात पारेको थियो ।
जसमा हिमांसु दत अविजित रहदै ३६ रन जोडे भन्ने रौनक रतन २१ रन तथा बिशाल सुस्लीङ्गले १९ रनको योगदान दिएका थिए । बलिँग तर्पm सिरहाका मनोज यादव २ विकेट तथा सुमन १ विकेट हात पारेका थिए । सो खेलमा बिजय टिमका सैमन्न राय म्यान अफ दि म्याच घोषित भए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ