News Category 2078/09/30
प्रदेश २ सरकारले ६ सय १० विपन्न परिवारलाई घर बनाइदिने
दैनिक समाचारदाता
राजविराज, ३० पुस ।
प्रदेश २ सरकारले महेन्द्र नारायण निधि विपन्न आवास योजना अन्तरगत ६ सय १० विपन्न परिवारलाई आवास बनाउने भएको छ ।
प्रदेश २ सरकारको मन्त्री परिषद्को शुक्रबार बसेको बैठकबाट महेन्द्र नारायण निधि विपन्न आवास योजना २०६८ स्वीकृत भएपछि उक्त घर निर्माण हुने भएको हो ।
कार्यक्रम अन्तर्गत आठ वटै जिल्लाको प्रत्येक विधान क्षेत्रमा १० परिवारको घर निर्माण गरिने छ । असहाय र विपन्न एकल महिला, कुनै पनि जात वर्गका आर्थिक रुपले विपन्न व्यक्ति, परिवार, दलित, लोपोन्मुख, सिमान्तकृत जाती, अनाथ बालबालिका, अशक्त वृद्धवृद्धालाई प्राथमिकताको आधारमा आवासको व्यवस्था गरिने प्रदेश २ सरकारका प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र प्साद साहले जानकारी दिएका छन् ।
उनका अनुसार प्रति आवास कुल पाँच लाख रुपैयाँमा प्लाष्टरसहितको छाना भएको दुई कोठा, एक भान्छा घर र एक शौचालय रहने छन् । आवास निर्माणको प्रक्रिया द्रूत गतिमा अगाडि बढाईने छ ।
मुख्ममन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको मन्त्री परिषद्को बैठकले दलित सशक्तिकरण नियामावली २०६८ स्वीकृत गरेपछि केही महिना अघि प्रदेश सरकारले गठन गरेको दलित सशक्तिकरण बोर्डलाई आफ्ना कामकार्वाही अगाडि बढाउन सहज हुनेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/16 पत्रकार महासंघको स्थापना दिवसमा कान शिविर सम्पन्न
- 2082/12/16 काँग्रेसका पुराना नेता १ सय ९ वर्षिय टुनटुनको निधन
- 2082/12/16 लागुऔषध र मोटरसाइकलसहित चार युवक पक्राउ
- 2082/12/15 राजरंगशालाको प्रवेशद्वार र प्यारापिट अतिजिर्ण
- 2082/12/15 नेकपा एमाले सप्तरीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ