News Category 2079/04/22
मधेश प्रदेश सरकाद्वारा प्रहरी समायोजनको माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण
दैनिक समाचारदाता
जनकपुरधाम, २२ साउन ।
मधेश प्रदेश सरकारले प्रहरी समायोजनको माग गर्दै आइतबार सात दिने अल्टिमेटमसहितको ध्यानाकर्षण पत्र प्रधानमन्त्री शेरबहादुर देउवालाई पठाईएको छ ।
मधेश प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहले मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रमार्फत सो ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
प्रदेश प्रमुखलाई ज्ञापनपत्र बुझाउने क्रममा गृह तथा सञ्चार मन्त्री साहले आफुहरुले पटक पटक संघीय सरकारलाई आग्रह गर्दै आएकोमा हालसम्म बेवास्ता गर्दै आएकोले बाध्य भएर अल्टिमेटमसहितको ध्यानाकर्षण–पत्र बुझाएको बताएका छन् । उनले अब पनि मधेश सरकारको माग सम्बोधन नभए शान्तिपुर्ण र अहिंसात्मक विरोधका कार्यक्रमहरु अगाडि बढाउने चेतावनी समेत दिए ।
नेपालको संविधानको धारा २६८ ले प्रदेश प्रहरी संगठनको व्यवस्था गरेको तथा अनुसुची ६ को क्रम संख्या १ मा प्रहरी शान्ति सुरक्षा सम्बन्धी अधिकार प्रदेश सरकारको क्षेत्राधिकारको सूची भित्र रहेको भनी ध्यानाकर्षण पत्रमार्फत स्मरण गराईएको छ ।
ध्यानाकर्षण पत्रमा ‘संघीय संसदबाट प्रहरी कर्मचारी समायोजन ऐन २०७६ पारित समेत भईसकेको र प्रदेशसभाबाट नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय सम्बन्धी ऐन २०७६ माघ २८ गते नै प्रमाणिकरण भई कार्यान्वयनमा आईसकेको सम्माननीय प्रधानमन्त्रीज्यूलाई अवगत नै छ ।’ उल्लेख छ ।
सो अवसरमा नेपाली कांग्रेसका संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, नेकपा (एस) संसदीय दलका नेता तथा उद्योग, भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विजय कुमार यादव, वन, पर्यटन तथा वातावरण मन्त्री शत्रुधन महतो, खानेपानी तथा उर्जा विकास मन्त्री विजय यादव, गृह तथा राज्यमन्त्री रुबी कुमारी कर्णसहित प्रदेश सभा सदस्यहरु समेतको टोलीको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ