News Category 2079/05/19
विगत ३३ दिनदेखि मिटरब्याजी बिरुद्धको आन्दोलनलाई निरन्तरता
दैनिक समाचारदाता
गौशाला (महोत्तरी), १९ भदौ ।
मिटरब्याजी पीडितहरुद्वारा काठमाडौंस्थित माइतिघर मण्डलामा विगत ३३ दिनदेखि मिटरब्याजी बिरुद्धको आन्दोलनलाई निरन्तरता दिइरहेका छन् ।
सो आन्दोलनमा एक्यबद्धता जनाउँदै नेकपा एमालेका युवा नेता शंकर महतोले मिटरब्याजीलाई जेलमा कोच्न नयाँ कानूनको आवश्यक रहेको बताएका छन् । उनले सुदखोरबाट पीडित भएका गरिब, किसान र मजदुरहरुलाई न्याय दिलाउन सरकारले कानुन संसोधन गर्नु पर्ने बताए ।
‘नेपालको कानुन महाजनकै पक्षमा अहिले पनि छ । यसले गर्दा हजारौं हजार मजदुर, किसानहरु मर्कामा छन् । सरकारको कानुनबाट पनि पीडित छन् । कानुन संसोधन नगरिकन पीडितले न्याय पाउन सक्दैन’, उनले भने ।
साहुको भेषमा सुदखोरहरुले गरिब, निमुखा र मजदुरमाथि अन्याय, अत्याचार गरिहेको नेता महतोले बताए । ‘सरकारले समय टार्नका लागि कार्यदल बनाएको छ । जुन कार्यदललाई कुनै अधिकारै छैन’, उनले भने ।
गृहमन्त्रालयले जिल्ला प्रसाशन कार्यालयमा पत्र पठाएर पीडकसंग पीडितलाई मिलापत्र गराउन लागेको बताउँदै उनले यस्ता गम्भीर प्रकृतिको मुद्दामा मिलापत्र गराउन नहुने उनले बताए । ‘यस समस्याबाट हजारौ, हजार घरपरिवार यसबाट पीडत छन् । सरलक्क एउटा शब्दमा मिटरब्याजी भनेर पुग्दैन । तमसुक बनाएकै आधारमा पीडतहरुसंग ब्ल्याक मेलिङ गर्छन् । अदालतमा मुद्दा हालेर असुल उपर गर्ने वा उसको जग्गा जमिनबाट असुल उपर गर्दै आएका छन् ।
बिगत तीन वर्षदेखि मिटरब्याजी, जालीतमसुक र ठगी बिरुद्धको आन्दोलन गाउँ, जिल्ला, प्रदेश हुँदै ३३ दिनदेखि काठमाडौंका जारी छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ