News Category 2079/09/12
क्रिकेटमा प्रतिष्ठानको फराकिलो जित
दैनिक समाचारदाता
राजविराज, १२ पुस ।
क्रिकेट बिकास प्रतिष्ठानद्वारा संचालित डब्बल राउन्ड रोबिनको आधारमा खेलाईएको अन्तरबिधालय टि ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गतको मंगलबारको खेलमा प्रतिष्ठानले १ सय २५ रनको फराकिलो जित हात पारेको छ ।
क्रिकेट बिकास प्रतिष्ठान र पिसल्यान्ड स्कुल बिच भएको उक्त खेलमा लिटिल एन्जेल स्कुललाई १ सय २५ रनको फराकिलो अन्तरले प्रतिष्ठान बिजयी भएको हो ।
प्रतिष्ठानले टस जितेर निर्धारित २० ओभरमा ७ बिकेट गुमाएर १ सय ६१ रनको योगफल खडा गरेको थियो । जसमा विशाल यादबले अर्थशतकिय पारी खेल्दै अविजित ५१ र रोहित यादब ४० र अमन मण्डल २९ रन बनाएका थिए ।
बलिङतर्फ पिसल्यान्ड स्कुलका रियाज अली ३, प्रदिप दास २ र श्यामबाबु मण्डल, शम्भु यादबले १÷१ बिकेट लिए । प्रतिउतरमा लिटिल एन्जेल स्कुलले ९ ओभरमा सबै बिकेट गुमाई ३६ रन मात्र बनाउन सक्यो । रियाज अली ९ रन सहित अन्य कुनै पनि खेलाडी दोहोरो अंक पार गर्न सकेन ।
बलिङतर्फ प्रतिष्ठानका सुशान्त देवले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १३ रन दिएर ५ बिकेट लिएका थिए भने पंकज राय ३ बिकेट र सुमन चौधरी र रितेश राम १÷१ बिकेट हात पारेका थिए ।
उक्त अवसरमा सप्तरी क्रिकेट सँघका सचिव चन्दनकुमार यादबले खेलको म्यान अफ दि म्याच प्रतिष्ठानका सुशान्त देवलाई कप पुरस्कारवाट सम्मान गरेको प्रतिष्ठानका सचिव सन्तोष यादबले जानकारी दिए । बुधबारको खेल लिटिल एन्जेल र प्रतिष्ठान बिच हुने जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/13 चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द
- 2082/09/13 विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
- 2082/09/13 दाउरा बाँड्दै नगरपालिका
- 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
- 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
- 2082/09/11 आगलागिमा दुई लाख भन्दा बढीको क्षति
- 2082/09/10 सामाजिक संजालमा हिन्दु धर्मावलम्बी माथि गलत टिप्पणी गरेकालाई कारवाहीको माग
- 2082/09/10 पिकअप र चालकसहित ८ क्विन्टल ३२ किलो गाजा बरामद
- 2082/09/10 सप्तरीबाट अध्यक्ष महतोको नाम सिफारिस
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ