News Category 2079/09/13
लिटिल एन्जेल बिजयी
दैनिक समाचारदाता
राजविराज, १३ पुस ।
क्रिकेट बिकास प्रतिष्ठानद्वारा राजविराजमा संचालित डब्बल राउन्ड रोबिन क्रिकेट प्रतियोगिता अन्तरगत बुधबारको खेलमा लिटिल एन्जेल स्कुल बिजयी भएको छ ।
प्रतियोगिता अन्तर्गत चौथो खेलमा लिटिल एन्जेलले प्रतिष्ठान क्रिकेट टिमलाई ८ बिकेटले पराजित गरेको हो ।
टस जितेर क्रिकेट बिकास प्रतिष्ठानले निर्धारित २० ओभरमा ५ बिकेट गुमाएर १ सय ५० रनको योगफल खडा गरेको थियो । जसमा विशाल यादबले सर्वाधिक ५८, रोहित यादब २८, सुमन चौधरी १७, अमन मण्डल १४ र किसन साहले १२ रन जोडेका थिए ।
बलिङतर्फ लिटिल एन्जेल स्कुलका नरेश कामैत २ बिकेट र गोपाल मण्डल÷शिव दास÷ निशान्त यादब १÷१ बिकेट हात पारेका थिए । प्रतिउतरमा लिटिल एन्जेल स्कुलले १४ ओभर ३ बलमा दुई बिकेट गुमाई बिजय हासिल गरेको थियो ।
जसमा कर्णबहादुर बिकले आक्रमक ब्याटिंग गर्दै २ छक्का र ७ चौकाको मदतले ६६ रन अविजित खेलेपछि जित सहज भएको हो । त्यस्तै टिमका लागि प्रियान्सु कर्ण २६ र निशान्त यादबले १२ रन अविजित खेलेका थिए ।
बलिङतर्फ प्रतिष्ठानका सुशान्त देव र सुमन चौधरी १÷१ बिकेट लिएका थिए । खेलको म्यान अफ दि म्याच बिजय टिमका कर्ण बहादुर बिक घोषित भएका थिए भने घोषित म्यान अफ दि म्याच बिकलाई अम्पायर संघका अध्यक्ष निरज सिंहले कप प्रदान गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ