News Category 2079/09/24
मेयर कपमा मझौको विजयी सुरुवात
दैनिक समाचारदाता
राजविराज, २४ पुस ।
सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा आईतवारदेखि चौथो मेयरकप २०७९ फुटबल प्रतियोगिताको सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा नबो बुध्द फुटबल क्लव मझौ खडक नगरपालिका सप्तरीले विजयी सुरुवात गरेको छ ।
आईतवार सम्पन्न उद्घाटन खेलमा बेलका फुटबल टिम रातापानी उदयपुरलाई शुन्यका बिरुद्ध चार गोल अन्तरले पराजित गर्दै मझौले विजयी सुरुवात गरेको हो । खेलको पाँचौ मिनेटमा मझौका आकाश राईले गोल गरी टिमलाई अग्रता दिलाएको थियो । खेलको १४ औं मिनेटमा मझौका कृपा चौधरीले दोश्रो गोल गरी टिमको अग्रता फराकिलो बनाएको थियो ।
खेलको २१ औं मिनेटमा मझौकै सजन क्षेत्रीले तेश्रो र २२ औं मिनेटमा कृपा चौधरीले आफ्नो दोश्रो तथा टिमको लागि चौथो गोल गरेका थिए ।
प्रतियोगिता अन्तर्गत भोली सोमवारको खेल रियल स्टार फुटबल क्लव सिरहा र तालतलैया फुटबल टिम सुनसरी बीच हुनेछ संयासी युवा क्लवका सचिव श्रवण कुमार चौधरीले जानकारी दिए ।
शम्भुनाथ नगरपालिकाको सहयोगमा संयासी युवा क्लब पोखरीया द्वारा सञ्चालित प्रतियोगितामा सप्तरी, सिरहा, महोत्तरी, उदयपुरका बिभिन्न १२ क्लबको सहभागिता रहेको छ । प्रतियोगिता माघ ६ गतेसम्म चल्ने प्रतियोगिताका बिजेताले नगद रु. ५५ हजार तथा ट्रफि र उपविजेताले नगद रु. ४५ हजार प्राप्त गर्नेछ ।
प्रतियोगिताको एक कार्यक्रममा बिच शम्भुनाथ नगरपालिकाका प्रमुख जितेन्द्र प्रसाद गुप्ताले उद्घाटन गरे । खेलकुद समितिका अध्यक्ष ब्रहमदेव चौधरीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, स्थानीयबासी, समाजसेवी लगायतको उपस्थिति रहेको थियो । संयासी युवा क्लवले गत २०४३ सालदेखि फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
- 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
- 2082/09/11 आगलागिमा दुई लाख भन्दा बढीको क्षति
- 2082/09/10 सामाजिक संजालमा हिन्दु धर्मावलम्बी माथि गलत टिप्पणी गरेकालाई कारवाहीको माग
- 2082/09/10 पिकअप र चालकसहित ८ क्विन्टल ३२ किलो गाजा बरामद
- 2082/09/10 सप्तरीबाट अध्यक्ष महतोको नाम सिफारिस
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ