News Category 2079/09/24
मेयर कपमा मझौको विजयी सुरुवात
दैनिक समाचारदाता
राजविराज, २४ पुस ।
सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा आईतवारदेखि चौथो मेयरकप २०७९ फुटबल प्रतियोगिताको सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा नबो बुध्द फुटबल क्लव मझौ खडक नगरपालिका सप्तरीले विजयी सुरुवात गरेको छ ।
आईतवार सम्पन्न उद्घाटन खेलमा बेलका फुटबल टिम रातापानी उदयपुरलाई शुन्यका बिरुद्ध चार गोल अन्तरले पराजित गर्दै मझौले विजयी सुरुवात गरेको हो । खेलको पाँचौ मिनेटमा मझौका आकाश राईले गोल गरी टिमलाई अग्रता दिलाएको थियो । खेलको १४ औं मिनेटमा मझौका कृपा चौधरीले दोश्रो गोल गरी टिमको अग्रता फराकिलो बनाएको थियो ।
खेलको २१ औं मिनेटमा मझौकै सजन क्षेत्रीले तेश्रो र २२ औं मिनेटमा कृपा चौधरीले आफ्नो दोश्रो तथा टिमको लागि चौथो गोल गरेका थिए ।
प्रतियोगिता अन्तर्गत भोली सोमवारको खेल रियल स्टार फुटबल क्लव सिरहा र तालतलैया फुटबल टिम सुनसरी बीच हुनेछ संयासी युवा क्लवका सचिव श्रवण कुमार चौधरीले जानकारी दिए ।
शम्भुनाथ नगरपालिकाको सहयोगमा संयासी युवा क्लब पोखरीया द्वारा सञ्चालित प्रतियोगितामा सप्तरी, सिरहा, महोत्तरी, उदयपुरका बिभिन्न १२ क्लबको सहभागिता रहेको छ । प्रतियोगिता माघ ६ गतेसम्म चल्ने प्रतियोगिताका बिजेताले नगद रु. ५५ हजार तथा ट्रफि र उपविजेताले नगद रु. ४५ हजार प्राप्त गर्नेछ ।
प्रतियोगिताको एक कार्यक्रममा बिच शम्भुनाथ नगरपालिकाका प्रमुख जितेन्द्र प्रसाद गुप्ताले उद्घाटन गरे । खेलकुद समितिका अध्यक्ष ब्रहमदेव चौधरीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि, स्थानीयबासी, समाजसेवी लगायतको उपस्थिति रहेको थियो । संयासी युवा क्लवले गत २०४३ सालदेखि फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ