News Category 2079/12/14
गाउँपालिका स्तरीय क्रिकेट प्रतियोगिता सुरु
दैनिक समाचारदाता
राजविराज, १४ चैत ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाद्वारा मंगलबारदेखि गाउँपालिका स्तरीय टी ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
सप्तरी क्रिकेट संघसँगको समन्वयमा संचालित उक्त प्रतियोगितामा वडा नं. १ तिलाठीले विजयी सुरुवात गरेको छ । तिलाठीले वडा नं. ८ तोपालाई ५२ रनले पराजित गरेको हो ।
टस जितेर ब्याटिङ्ग गरेको तिलाठीले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ५८ रन बनाएको थियो । जसमा शिव कामैतले चार छक्काको मद्दतले ४६ बलमा ६१ रन बनाए भने आशिक मिश्रले २२, मुकेश यादवले १८ र राजकुमार यादवले १२ रन बनाएका थिए । तोपाका लागि भरत दासले २ तथा दिपेन्द्र मण्डल, सुनिल यादव र रविन्द्र मण्डलले १÷१ विकेट लिए ।
एक सय ५९ रनको बिजयी लक्ष्य लिएर मैदानमा ओर्लेको वडा नं. ८ तोपा टिमले २० ओभरमा ८ विकेट गुमाई १ सय १ रन मात्र बनाउन सक्यो भने पेनाल्टीको रुपमा पाँच रन थप पाएको थियो ।
तोपाका लागि भरत दासले सर्वाधिक १४ रन बनाए भने चन्द्र भुषण मण्डल, सुनिल यादव र धनराज मण्डलले समान १२÷१२ रनको योगदान दिएका थिए । तिलाठीको लागि चन्दन झा, सुनिल यादव र कारी झाले २÷२ विकेट लिए भने मिथुन यादव र शिव कामैतले १÷१ विकेट हात पार्दै आफ्नो टिमलाई विजयी गराउन सफल भए । उक्त खेलमा वडा नं. १ तिलाठीका शिव कामैतलाई म्यान अफ द म्याचको पुरस्कार प्रदान गरियो ।
यसअघि तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र कुमार यादव, वडा अध्यक्षहरु दिनेश्वर मिश्र, ललनप्रसाद राउत र सत्यनारायण यादवले मन्तब्य ब्यक्त गरेका थिए । उक्त कार्यक्रम गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश कुमार झाले सञ्चालन गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ