News Category 2080/03/09
बजाज खडक वारियर्स फाइनलमा
राजविराज÷राजविराजमा जारि सप्तरी प्रिमियर लिग अन्तर्गत शनिबारको खेलमा कन्चनरुप राइनोज र बजाज खडक वारियर्स विजयी भएका छन् । लगातार चौंथो खेलमा जितपछि बजाज खडक वारियर्सले फाइनलमा स्थान पक्का गरेको छ ।
शनिबार सम्पन्न पहिलो खेलमा कन्चनरुप राइनोजले राजविराज द किंग्सलाई ९ विकेटले पराजित गरेको छ । राजविराजले दिएको ८६ रनको लक्ष्य कन्चनरुपले ६.३ ओभरमा १ विकेट क्षेतीमा पुरा गर्यो ।
कन्चनरुपको जितमा नारायण जोशीले ५०, दिलिप नाथले अविजित २४ तथा राकेश कामतले १४ रन बनाए । टस हारेर ब्याटिंग गरेको राजविराज द किंग्सले निर्धारित ११ ओभरमा ८ विकेट क्षेतीमा ८५ रन बनायो । वर्षाका कारण खेल ढिला सुरु भएपछि ओभर घटाएर खेलाइएको थियो ।
राजविराजको ब्याटिंगमा ओपनर सन्तोष कार्कीले सर्वाधिक ३० रन बनाए भने प्रतिक श्रेष्ठले १८ तथा अभिषेक कार्कीले अविजित १५ रन बनाए । प्लेयर अफ द म्याच समेत घोषित कन्चनरुपका तिब्र गति बलर राशिद खानले ४ विकेट लिए जुन क्रममा ३ ओभर बलिंग गर्दै १० रन मात्र खर्चिए । सुमित श्रेष्ठले २ तथा चित्र बिस्टले १ विकेट लिए ।
यस्तै दोश्रो खेलमा बजाज खडक वारियर्सले रुपनी राइडर्सलाई ६७ रनले पराजित गर्यो । वारियर्सले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको रुपनीले १६.३ ओभरमा १०६ रन बनाउदा सबै विकेट गुमायो ।
रुपनीको ब्याटिंगमा अरनिको यादवले २८ बलमा ४० रन बनाएता पनि जित्न पर्याप्त रहेन। वारियर्सकोक बलिंगमा अनिल यादव र कप्तान बिबेक यादवले समान ३ विकेट तथा दिनेश अधिकारी र बिशाल सुश्लिंगले २÷२ विकेट लिए । यस अघि टस हारेर ब्याटिंग गरेको बजाज खडक वारियर्सले निर्धारित २० ओभरमा ७ विकेट क्षेतीमा १ सय ७३ रन बनाएको थियो ।
खडक वारियर्सको लागि प्लेयर अफ द म्याच समेत घोषित बिशाल सुश्लिंगले सर्वाधिक ६६ रन बनाए जुन क्रममा ३१ बलमा ३ चौका र ७ छक्का प्रहार गरे। निरज यादवले ४१ तथा सन्दिप रजालीले ३० रन बनाए । पाँचौ विकेटको लागि बिशाल र निरजले १०९ रनको साझेदारी गरेका थिए । रुपनीको बलिंगमा जितेन्द्र मुखियाले २ तथा फिर्दोश अन्सारी, अनिल शाह, अरनिको यादव र अशोक मेहताले १÷१ विकेट लिए ।
लगातार चौंथो जित पछि एक खेल अगावै फाइनलमा स्थान पक्का गरेको बजाज खडक वारियर्सको ८ अंक छ । हार पछि रुपनी राइडर्स सबै ५ खेल खेल्दा ३ जित र २ हार बेहोर्दै दोश्रो स्थानमा छ । शिर्ष–२ मा रहँदै फाइनल पुग्न रुपनीले अन्य टिमको नतिजामा भर पर्नु पर्नेछ । चौंथो खेल खेल्दा दोश्रो जित दर्ता गरेको कन्चनरुप राइनोज ४ अंक सहित तेश्रो स्थानमा उक्लेको छ । अन्तिम तथा पाँचौ खेलमा हारसंगै डिफेन्डिङ च्याम्पियन राजविराज द किंग्स प्रतियोगिताबाट बाहिर भएको छ । बलान बिहुल सुपर किंग्स र छिन्मस्ता लायन्स १÷१ खेल खेल्न बाँकी हुँदा समान ४ अंक सहित चौंथो र पाँचौ स्थानमा छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ