News Category 2080/03/11
सप्तरीकै सर्वाधिक पुरस्कार राशीको बिजेता बन्यो बजाज खडक वारिर्यस
दैनिक समाचारदाता
राजविराज, ११ असार ।
बजाज खडक वारिर्यसले जिल्लाकै सर्वाधिक पुरस्कार राशी भएको मेयर कप सप्तरी प्रिमियर लिग टि –ट्वान्टी क्रिकेट प्रतियोगिता हात पारेको छ ।
जितसंगै बजाज खडक वायिरर्यसले ३ लाख रुपैया नगद तथा ट्रफी हात पारेको हो । यस्तै उपविजेता कंचनरुप राइनोले १ लाख ५० हजार नगद तथा ट्रफी प्राप्त ग¥यो ।
राजविराजस्थित पविमाबीको खेल मैदानमा सोमबार सम्पन्न फाईनल खेलमा बजाज खडक वारिर्यसले कंचनरुप राईनो माथी ४ विकेटको जीत निकाल्दै उपाधी जित्न सफल भएको हो ।
टस हारेर ब्याटिङ्ग गर्ने अवसर पाएको कंचनरुप राईनोले निर्धारित २० ओभरको खेलमा सम्पूर्ण विकेट गुमाई १ सय ४५ रन बनाएको थियो । जसमा कंचनरुप राईनोका दिलिप नाथले सर्वाधिक ४२, नारायण जोशीले २७, सुमित श्रेष्ठले १७, अमित कुमार यादवले १६, राकेश कामैतले ११ र चित्र बहादुर विष्टले १० रनको योगदान दिए । बलिङ्गतर्फ बजाज खडक वारिर्यसका कप्तान विवेक यादवले ४, गोमानन्द अमात्यले २ तथा अनिल यादव र दिनेश अधिकारीले १÷१ विकेट लिए ।
१ सय ४६ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रेको बजाज खडक वारिर्यस १९ दशमलव ३ ओभर मै विजय लक्ष्य प्राप्त ग¥यो । बजाज खडक वारिर्यसका लागी विशाल सुसलिङ (अविजित) ले सर्वाधिक ४६ रनको योगदान दिए । त्यस्तै साहिल पटेलले २१, राज बर्मा १७, करण बहादुर विक र संदिपले समान १४÷१४ तथा विवेक कुमार यादवले १३ रनको योगदान दिए । बलिङ्गतर्फ कंचनरुप राइनोका चित्र बहादृर विष्टले ३ तथा रासिद खान, नारायण जोशी र पप्पु कुमार यादवले १÷१ विकेट लिए ।
फाईनल खेलको म्यान अफ द म्याच विजेता टिम बजाज खडक वारिर्यसका विशाल सुसलिङ घोषित भए । यस्तै प्लेर अफ द टुर्नामेन्ट कंचनरुप राईनोका रासिद खान, वेस्ट बलर बजाज खडक वारिर्यसका दिनेश अधिकारी, वेस्ट ब्याट्सम्यान छिन्नमस्ता लाइन्सका सुभक कंसाकार तथा इमेजिङ्ग प्लेयरको अर्वाड बलान विहुल क्रिकेट क्लबका विशाल यादवले प्राप्त गरे ।
प्रतियोगिता समाप्ती पछी आयोजक क्रिकेट संघ सप्तरीका अध्यक्ष आयूष श्रेष्ठको अध्यक्षतामा आयोजित पुरस्कार वितरण समारोहमा प्रमुख अतिथी राजविराज नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परविन, नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्द, कोषाध्यक्ष रोशन सिंह, केन्द्रिय सदस्य प्रशान्त विक्रम मल्ल, मधेश प्रदेश क्रिकेट संघका उपाध्यक्ष सुनिल महासेठ, वडा अध्यक्ष बन्धुलाल दास लगायतले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
- 2082/05/30 फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
- 2082/05/30 डिभाईडरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
- 2082/05/29 राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
- 2082/05/29 कारागार क्षेत्रमा कफ्र्यु आदेश
- 2082/05/29 राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
- 2082/05/27 आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
- 2082/05/27 थप १५ जना कैदीबन्दी पक्राउ, एक कैदी मृत फेला
- 2082/05/26 स्थानीय प्रशासनले कफ्र्यु खुकुलो पारेपछि किनमेल गर्दै सर्वसाधारण
- 2082/05/26 फरार ४२ जना कैदीबन्दी पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ