News Category 2080/08/23
राजबिराज च्याम्पस पहिलो च्याम्पियन
दैनिक समाचारदाता
राजबिराज, २२ मंसिर ।
राजविराज च्याम्पस पाँचौ महिनावारी दिवसको अवसरमा आयोजित जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ ।
सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराजस्थित पबिमाबिको क्रिकेट मैदानमा शुक्रबार सम्पन्न फाइनल खेलमा खडक क्वीनलाई ६ बिकेटले पराजित गर्दै राजबिराज च्याम्पस च्याम्पियन बनेको हो ।
राजबिराजले टस जितेर खडकलाई ब्याटिङको निम्तो दिएको थियो । खडकले निर्धारित २० ओभरको खेलमा ७ बिकेट गुमाई ९५ रनको योगफल तयार पारेको थियो । जसमा मन्जु रामले १५ रनको योगदान दिएकी थिइन् भने अन्य कुनै खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
बलिङतर्फ राजबिराजकी साक्षि यादवले ४ ओभरमा १७ रन दिई ३ बिकेट, आकृती मण्डलले २ तथा दिपा राम र सितल चौधरीले १÷१ बिकेट लिएकी थिइन् ।
९६ रनको लक्ष्य लिई मैदानमा ओर्लेको राजबिराजले १७ ओभर ४ बलमा ४ बिकेटको नोक्सानीमा प्राप्त गरेको थियो । कप्तान साक्षि यादवले ३४ बलमा ७ चौक्काको मद्धतले ४० र निशु चौधरीले १७ रनको योगदान दिएकी थिइन् । बलिङतर्फ खडककी मन्जु राम र सन्तोषि चौधरीले १÷१ बिकेट लिइन् भने दुई खेलाडी रन आउट भए ।
खेलको म्यान अफ द म्याच राजबिराजकी साक्षि यादव, प्रतियोगिताको उत्कृष्ट ब्याटर खडककी अन्जली चौधरी, उत्कृष्ट बलर राजबिराजकी दिपा राम तथा प्लेयर अफ द सिरिज साक्षि यादव भइन् ।
बिजेता खेलाडीलाई सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठ, खडक नगरपालिकामा नगर प्रमुख जयप्रकाश चौधरी, सबल नेपालका सिनियर म्यानेजर अशोक शाह, परमेश्वर झा, नेपाली राष्ट्रिय टिमका प्रमुख छनौटकर्ता दिपेन्द्र चौधरी, आईसिसि ट्युटर सारा बेग, पत्रकार मनोहर पोखरेल लगायतले पुरस्कार बित्तरण गरेका थिए ।
यसैबीच नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य छनौटकर्ता दिपेन्द्र चौधरीलाई सबल नेपाल र सप्तरी क्रिकेट संघले संयुक्त रुपमा सम्मान गरेको छ । उनी संगै मेलवर्न क्रिकेट क्लबबाट आएका ६ बिदेशी प्रशिक्षकहरुलाई समेत सम्मानित गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ