News Category 2080/10/09
रायपुरले अन्तरविधालय क्रिकेटको उपाधी चुम्यो
दैनिक समाचारदाता
राजविराज, ९ माघ ।
राजबिराजमा संचालित जिल्लास्तरिय अन्तरबिधालय क्रिकेट प्रतियोगिताको उपाधी कंछुनरप्रताप माबि रायपुरले चुमेको छ ।
सबल नेपाल र एमसिसी फाउन्डेशनको सहयोग र सप्तरी क्रिकेट संघको समन्वयमा संचालित माबि रायपुर र लालिगुराँस बिच भएको फाईनल खेलमा लालीगुरासलाई रायपुरले ४५ रनले पराजित गर्दै उपाधी चुमेको हो ।
टस जितेर लालीगुराँसले रायपुरलाई ब्याटिंग दिएपछि रायपुरले २० ओभरमा ८ बिकेटको क्षतिका १ सय ४० रनको योगफल खडा गरेको थियो । जसमा शिव अधिकारीले १० चौकाको मदतले ६० रन, बिवेक दास १५, रोशन चौधरी र सुमन चौधरी १४÷१४ रनको योगदान दिएका थिए । बलिङतर्फ लाली गुराँसका आतित्य मण्डल र मोहम्मद सेराज २÷२ बिकेट र रोहन मण्डलले १ बिकेट लिएका थिए ।
प्रतिउत्तरमा लाली गुराँसले १५ ओभर ३ बलमा सबै बिकेट गुमाएर ९५ रन मात्र बनाउन सकेको थियो । जसमा रोशन मण्डल २८, पप्पु यादब १६, रामकृष्ण मण्डल १५ रन बाहेक कुनै खेलाडी दोहोरो अंक पार गर्न सकेन । बलिङतर्फ कंछुनरप्रताप माबि रायपुरका बिवेक दास ४, सुमन चौधरी २, दिपु दास, दिपेन्द्र महेता र पंकज साहले १÷१ बिकेट हात पारेका थिए ।
फाईनल खेलको प्लेयर अफ दि म्चाच शिव अधिकारी घोषित भएका थिए भने प्रतियोगिताका प्लेयर अफ दि सिरिज राजदेबी माबिका गोपाल मण्डल घोषित भए ।
उक्त अवसरमा मधेश प्रदेश क्रिकेट संघ अध्यक्ष सुनिल महासेठ, सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठ, उपाध्यक्ष निरज सिंह, सचिव चन्दनकुमार यादब, कंछुनरप्रताप माबि रायपुरका बिधालय ब्यबस्थापन समिति अध्यक्ष दुर्गानन्द ठाकुर, प्रधानाध्यापक पँस्रशुराम यादब, धर्मेन्द्र चौधरी लगायतले शिल्ड, कप, मेडल, प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ