News Category 2080/10/22
टि–ट्वान्टी कप प्रतियोगिता सुरु
दैनिक समाचारदाता
राजविराज, २२ माघ ।
नेपाल विद्यार्थी संघ नगर समितिद्वारा सोमबारदेखी यहाँ वडा स्तरिय टि–ट्वाइन्टी कप क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा वडा नं. ९ बिहारपुरले वडा नं. १ पडरिया क्रिकेट टिमलाई ७ विकेटले पराजित गरेको छ । स्थानीय पडरिया खेल मैदानमा सुरु भएको प्रतियोगितामा नगरका सबै १६ वटै वडाका क्रिकेट टिमको सहभागिता रहेको छ ।
आयोजक समितिका अध्यक्ष समेत रहेका नेवि संघ नगर सभापति मो. परवेजको अध्यक्षतामा आयोजित प्रतियोगिताको नेपाली काँग्रेसका युवा नेता मो. इर्साद अन्सारीले उद्घाटन गरे । सो अवसरमा नेवि संघका केन्द्रिय सदस्य तिर्थनारायण दास, नेवि संघ सप्तरीका अध्यक्ष राकेश ठाकुर, तरुण दल सप्तरीका पूर्व सचिव बिरेन्द्र मण्डल, नेवि संघका बुथ सभापति श्याम शर्मा लगायतले शुभकामना दिए ।
आठ दिनसम्म चल्ने प्रतियोगितामा प्रथम हुने टिमलाई २५ हजार नगद तथा ट्रफि र द्वितिय हुनेलाई १५ हजार नगदसहित ट्रफि प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ