News Category 2080/12/25
जिल्लाकै प्रतिष्ठित मेयर कप क्रिकेट प्रतियोगिता बैशाखमा हुने
दैनिक समाचारदाता
राजविराज, २५ चैत ।
जिल्लाकै प्रतिष्ठित सप्तरी प्रिमियर लिग मेयर कप (सिजन ६) टि–ट्वान्टी क्रिकेट प्रतियोगिता आगामी बैशाखमा संचालन हुने भएको छ । यसका लागि आइतबार राजविराज नगरपालिकासँग सम्झौता समेत भएको छ ।
राजबिराज नगरपालिका र सप्तरी क्रिकेट संघबीच उक्त प्रतियोगिता संचालनका लागि एक कार्यक्रम बिच सम्झौता भएको सप्तरी क्रिकेट संघले जनाएको छ ।
बैशाखको अन्तिम सातादेखि राजबिराजमा संचालन हुने उक्त प्रतियोगिताका लागि राजबिराज नगरपालिका कार्यवाहक नगरप्रमुख ईसरत परिवनले सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठलाई सम्झौता पत्र हस्तान्तरण गरेकी छिन् ।
सो अवसरमा कावा प्रमुख परविनले सप्तरीमा क्रिकेट खेलको बिकासका लागि नगरपालिकाले प्रत्येक बर्ष मेयर कप प्रतियोगिताको लागी नगरस्तरिय योजनामा राख्दै आएको बताईन । उनले संसारमा सबै भन्दा बढी खेल्ने खेल भनेकै क्रिकेट भएकोले सप्तरी क्रिकेटको बिकासका लागि नगरपालिका कहिले पछाडी नहट्ने प्रतिबद्धता जनाइन् ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रसाद गुरुङले बिश्वमा नेपाललाई चिनाउन सप्तरीले थुप्रेै अन्तराष्ट्रिय, राष्ट्रिय खेलाडी उत्पादन गर्न उर्वर भूमी रहेकोले स्थानिय सरकारले क्रिकेट खेलको बिकास गर्न प्राथमिकतामा राख्नु पर्ने बताए ।
सम्झौता कार्यक्रममा बोल्दै सप्तरी क्रिकेट संघका अध्यक्ष श्रेष्ठले सप्तरी प्रिमियर लिग मेयर कप प्रतियोगिता मधेश प्रदेश कै उत्कृष्ट प्रतियोगिता रहेको बताउदै मेयर कप नेपाल क्रिकेट संघको बार्षिक क्यालेन्डरमा समेत रहेकोले प्रतियोगिताको महत्व बढेको बताए ।
उक्त प्रतियोगिता खेलाडी खरिद बिक्री (अक्सन) माध्यमवाट देश भरीकै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरूको आवेदन मार्फत गरेर उनीहरूको सहभागितामा प्रतियोगिता गरिने बताए ।
उक्त अवसरमा राजबिराज नगरपालिका स्वास्थ शाखा संयोजक निरन्जन यादब, शाखा अधिकृत कल्पना देव, सप्तरी क्रिकेट संघका उपाध्यक्ष निरज सिंह, सचिव चन्दन यादव, कोषाध्यक्ष तुलानाथ माझी, समाजसेवी मोहम्मद फिरोज लगायत सप्तरी क्रिकेट संघका पदाधिकारी, खेलाडीहरूको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ