News Category 2073/06/03

आन्दोलन बाहेकको विकल्प छैन् ः नेताहरु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २ असोज । 
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले आइतबार “बर्तमान राजनीति परिस्थिति और हमारा संर्घष” विषयक अन्तक्रिया सम्पन्न गरेको छ । 
कार्यक्रमका सहभागी नेताहरुले बर्तमान सरकारबाट पनि माग पूरा गराउने आशा हराउँदै गएको भन्दै आन्दोलनको कुनै विकल्प नभएको बताएका छन् । 
कार्यक्रमका प्रमुख अतिथी सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष नवलकिशोर साहले प्रधानमन्त्री भारतको भ्रमण अघि नै संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने जनाउँदा जनाउँदै पनि त्यसो नभएकोले प्रधानमन्त्रीको बोलीको ठेगाना नरहेको आरोप लगाउनुभयो । उहाँले वर्तमान सरकारले पनि विगतकै सरकारको रवैयामा गइरहेको भन्दै अब पुनः आन्दोलन बाहेकको अन्य विकल्प नरहेको बताउनुभयो । 
कार्यक्रममा संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र साहले सम्पूर्ण मधेशवादी शक्ति मिलेर राज्यलाई दवाव दिनुपर्ने बताउँदै आन्दोलन जारी नै रहेको र अधिकार नपाएसम्म जारी नै रहने बताउनुभयो । 
अन्तरक्रियामा मोर्चाका नेताहरुले सबै जना कुनै पार्टीको नभई मधेशी भनेर एक ठाउँमा उभिए मात्र सरकार मधेशीहरुको माग पूरा गर्न बाध्य हुने बताएका छन् । 
नेताहरुले मोर्चाको सहयोगमा समेत गठन भएको वर्तमान सरकारका प्रधानमन्त्री पुष्पकमल दाहालप्रति आरोप लगाउँदै प्रभानमन्त्रीको पनि बोलीको ठेगान नभएको आरोप लगाए । 
कार्यक्रममा उपस्थित बिभिन्न मधेशवादी दलका नेताहरुले आन्दोलनलाई सशक्त बनाउँदै अघि बढ्नुपर्ने सुझाव दिदै आन्दोलनले नै सरकारलाई झुकाउने र संविधान सशोधन गर्न बाध्य पार्ने बताए । 
यस्तै सोही कार्यक्रममा पूर्व प्राध्यापक अमरकान्त झाले आन्दोलनबाटै मधेशीहरुको माग पूरा हुने बताउँदै आन्दोलनलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियनका जिल्ला अध्यक्ष अजय झाले वर्तमान संविधानमा न्यायपालिका, प्रहरी, सेना, मन्त्रीमण्डल समावेशी बनाउने कुरा कतै उल्लेख नभएको भन्दै  अधिकांश धारा मधेशबिरोधी रहेको आरोप लगाउनुभयो ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट