News Category 2073/11/06

स्थानीय निकाय पुर्नसंरचना मधेश र मधेशी जनताको हित विपरित ः संयोजक रजक

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ५ फागुन । 
नयाँ शतिm पार्टी नेपालले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक संसद हुनुपर्ने माँग गर्दै सुरु गरेको हस्ताक्षर अभियान अन्तरगत विहिवार सप्तरीको कञ्चनपुरमा कोण सभा सम्पन्न गरेको छ । 
सभालाई सम्बोधन गर्दै पार्टी सप्तरी संयोजक छेदी रजकले स्थानीय निकाय पुर्नःसंरचना आयोगले दिएको प्रतिवेदन मधेश र मधेशी जनताको हित विपरित रहेको बताउनु भयो । 
संयोजक रजकले आयोगकोे प्रतिवेदन माथि पूर्न विचार नभए आफूहरु आन्दोलनमा उत्रिने र त्यसबाट उत्पन्न परिस्थितीको जिम्मेवार वर्तमान सरकार हुने समेत चेतावनी दिनुभयो । 
भुवनेश्वर मण्डलको अध्यक्षतामा सम्पन्न सभामा केन्द्रिय परिषद सदस्य ई. शैलेन्द्र कुमार झा, मेख बहादुर तामाड, जिल्ला परिषद् सदस्य पावर्ती चौधरी, राजविराज नगर समितिका संयोजक अमृत साफी, मुस्लिम संगठनका मो. ताज, केन्द्रिय परिषद सदस्य खड्ग बहादुर तामाड् र आंगिक संगठनका जगजीवन राम लगायतले आ—आफ्नो विचार व्यतm गर्नुभयो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट