News Category 2074/01/08

करेन्ट लागेर दुईको मृत्यु

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ७ बैशाख । 
सप्तरीको छुट्टाछुट्टै स्थानमा करेण्ट लागेर दुई जनाको मृत्यु भएको छ । 
सप्तरीको कुष्णसवरण गाउँपालिका १ बस्ने २८ बर्षिय जिक्रिल मियाँको विहीबार करेन्ट लागेर ज्यान गएको हो । 
मियाँलाई विहान आफ्नै घरको ग्रिल पसलमा काम गर्ने क्रममा बिद्युत सट भई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भिर घाइते भएका मियाँको स्थानिय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय माहुलीले जनाएको छ ।
यस्तै सप्तरीको बनौली ३ बस्ने ६५ बर्षिय सुजिलाल साहको बुधबार करेन्ट लागेर ज्यान गएको छ । विहान आफ्नै घररमा कपडा सुकाउने क्रममा अचानक बिजुलीको तार छुनगई साहलाई करेन्ट लागेको थियो । 
करेन्ट लागेर गम्भिर घाइते भएका साहको उपचारकोलागी लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बोदेबर्साईनले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट