News Category 2074/03/28

वाढीमा फसेकी गर्भवति महिलाको उद्धार

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २७ असार । 
सप्तरीको तिलाठी गाविस १ की गर्भवति महिला ३० वर्षिया ज्योतिदेवी मिश्रा घरभित्र २ फिटसम्म पानी जमेर समस्यामा परेपछि स्थानीयको सहयोगमा उद्धार गरी अस्पताल पु¥याईएको छ । 
स्थानीयको पहलमा उद्धार गरी सदरमुकाम राजविराज ल्याईएकी मिश्रालाई स्थानीय अस्पतालमा प्रारम्भिक उपचारपपछि मंगलवार धरान रेफर गरिएको छ ।
आर्थिक अवस्था कमजोर भकएकी मिश्राको उपचार सहयोगका लागि वसपार्कमै पुगेर स्थानीय ब्यवसायी अंकित कुमार रुंगटा र शिवशंकर पौडेलले जनही ५ हजार सहयोग समेत उपलब्ध गराएका छन् । सो क्रममा गर्भवति महिलाले आफुलाई सहयोग गर्ने संचारकर्मी र सहयोगीलाई धन्यवाद समेत दिईन् ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट