News Category 2074/09/16

प्रदेश नम्बर २ को राजधानी राजविराज हुनुपर्ने माग

दैनिक समाचारदाता

राजविराज÷बृहत नागरिक समाज संजालले प्रदेश नम्बर २ को राजधानी राजविराज हुनुपर्ने भन्दै शनिवार एक बिचार गोष्ठी सम्पन्न गरेको छ ।  
आयोजित बिचार गोष्ठीका एक सहभागी नेकपा एमालेका केन्द्रीय सदस्य सुमनराज प्याकुरेलले बाम गठबन्धनको सरकारले राजविराजलाई प्रदेश नम्बर २ को राजधानी बनाउन पहल थाल्ने प्रतिबद्धता ब्यक्त गरे ।
नागरिक समाजका संस्थापक अध्यक्ष सुखराम यादवको अध्यक्षतामा आयोजित बिचार गोष्ठीमा बरिष्ठ पत्रकार अनिलकुमार अनल, प्राध्यापक देवनारायण यादव, अधिवक्तद्वय भुपेन्द्र नारायण मण्डल, राजेन्द्रप्रसाद देव, समाजसेवी हासिम अन्सारी, महिलाकर्मी अभासेतु सिंह र समाजसेवी जगरनाथ मुन्धडाले राजविराजको विकासकालागि प्रदेश नम्बर २ को राजधानी हुनुपर्ने धारणा राखेका थिए ।
गनतन्त्रबादी नेता रामराजा प्रसाद सिंह मधेसकालागि अधिकार सुरक्षित गर्ने र प्रान्तको माग गर्ने मधेसका मसिहा गजेन्द्र नारायण सिंहको जन्मथलो सप्तरी नै भएकोले गोष्ठीका सहभागी बक्ताहरुले राजविराजलाई नै राजधानी बनाउनुपर्नेमा जोड दिए ।
मुलुकमा भएको गणतन्त्र–संघीयता र पटक–पटक भएको मधेस आन्दोलनमा सप्तरीको अहम भूमिका रहेकोले पनि राजविराजलाई प्रदेश नम्बर २ को राजधानी बनाउनुपर्ने जिल्लाबासीको भनाई छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट