News Category 2074/11/28

मूल ढोकामा लगाइएको ताला अब, क्याम्पस प्रमुखको कोठामा

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, २७ फागुन । 
महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजलाई नवस्थापित राजर्षि जनक विश्वविद्यालयमा गाभ्ने सरकारी निर्णयको बिरोध गर्दै फागुन १३ गतेदेखी क्याम्पसको मूल ढोकामा गरिएको तालाबन्दी दुई सातापछि आइतबार खोलिएको छ ।
प्राध्यापक संघ क्याम्पस इकाई समितिका सभापति एवं संघर्ष समितिका संयोजक सिंहेश्वर प्रसाद यादवद्वारा आइतबार जारि विज्ञिप्तमा तालाबन्दीपछि त्रिविका उपकुलपति र रजिष्टारलगायतका पदाधिकारीहरुसँगको सकारात्मक छलफल पश्चात् उक्त तालाबन्दी खोलिएको जनाइएको छ । 
यता आन्दोलनको सशक्त कार्यक्रम पछि तय गर्ने गरी हाललाई क्याम्पस प्रमुखको कोठामा तालाबन्दी गरिएको विज्ञप्ति मार्फत जनाइएको छ । 
सोही विज्ञप्तिमा पठनपाठन, परीक्षा र प्रशासनिक कार्यमा तत्काल बाधा नगर्न अनुरोध गरिएपछि क्याम्पस प्रमुखको समेत शैक्षिक प्रशसनिक वातावरण सहज पार्न लिखित अनुरोध आएको हुँदा विद्यार्थीहरुको भविष्यलाई मध्यनजर गर्दै आन्दोलनको स्वरुप हाललाई परिवर्तन गरिएको उल्लेख छ । 
यसअघि क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयकै आंगिक क्याम्पसको रुपमा रहने व्यवस्था मिलाउन माँग गर्दै माघ २१ गतेदेखी विभिन्न चरणको आन्दोलन पश्चात् क्याम्पसका प्राध्यापक, कर्मचारी, शिक्षक, विद्यार्थीहरूले सो तालाबन्दी गरेका थिए ।
नवस्थापित राजर्षि जनक विश्वविद्यालयमा राजविराजसहित जनकपुरको राराव क्याम्पस र सिरहाको सत्यनारायण सूर्यनारायण मरबैता बहुमुखी क्याम्पस समेत गाभिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट