News Category 2075/02/19

तामेली रहेको भवन र जग्गा जिल्ला अदालतलाई हस्तान्तरण गरेपछि कागजात अफिसर्स क्लबमा साँरिदै, नयाँ स्थानमा कागजात सुरक्षित हुन नसक्ने जानकारको गुनासो

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १८ जेठ । 
सप्तरी जिल्ला मालापोत कार्यालयको तामेली भवनमा रहेको सम्पूर्ण कागजातहरु सार्न लागिएको छ । बि.सं.२००४ सालदेखी उक्त भवनमा जग्गा सम्बन्धी विभिन्न किसिमका अत्यन्त महत्वपूर्ण कागजातहरु रहेका छन् । 
जिल्ला अदालत राजविराजको भवनसँगै टाँसिएर रहेको तामेली भवनको कागजातहरु अफिसर्स क्लब राजविराजको सभाकक्षमा सार्न लागिएको हो । 
यता तामेली भवन खाली गर्न अहिले तामेली भवनमा रहेका कागजातहरु सारिने काम भइरहेको सो फाँट हेर्ने सुमन यादवले जानकारी दिएका छन् । तर, उनले हाल भवनमा रहेको २००४ सालदेखीको नम्बरी जग्गाको कागजातहरु, २०२८ सालका जिम्दार पटवारीले बुझाएको १ नं. फारम, २ नं. फारम र २८ सालको ६ नं. फारम, २००४ को नापी अनुसार २०२८ को नापी हुँदा अधिकांश जग्गा को लालपूर्जा र गाउँ ब्लकमा रहेको २००४ देखी हालसम्मको कागजात गाउँ ब्लक, पोखरी, डगर, मठ, मन्दिरको श्रेस्ताहरु समेत रहेकोले सो कागजातहरु हालको नयाँ स्थानमा नअट्ने गुनासो गरे ।  
५ लाख मिशिल, १० लाख राजिनामा लिखत, ४ सय ५६ मौजाको साविक श्रेस्ताहरु समेत सोही भवनमा रहेकोले नयाँ भवनमा व्यवस्थित रुपले मिलाएर राख्न सम्भव समेत नरहेको उनले गुनासो पोखे । 
यसरी नयाँ स्थान अफिसर्स क्लबमा ती महत्वपूर्ण कागजातहरु सुरक्षित हुन नसक्ने जानकारहरुले गुनासो गरेका छन् । राजविराज नगरपालिकाले अफिसर्स क्लब कम्पाउण्डमा हटिया लगाउने तयारी गरिरहेको अवस्थामा त्यहा रहेको रहेको क्लबको हलमा ती कागजातहरु नअटाउनुका साथै व्यवस्थित ढंगले सुरक्षित समेत नरहने स्थानिय बुद्धिजिवि ई सूर्य नारायण यादव बताउछन् । उनले भने, “अहिले सार्न लागिएको स्थान कार्यक्रम गर्ने स्थल समेत रहेकोले अब उपरान्त त्यहा कर्मचारीहरुले कार्यक्रम गर्न नपाउने तथा सानो कोठामा महत्वपूर्ण कागजातहरु व्यवस्थित रहन सक्दैन् र सुरक्षाको दृष्टिकोणले समेत सुरक्षित छैन् ।”
त्यस्तौ गैरसरकारी महासंघ नेपाल सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरीले मालापोत कार्यालय भवन माथी तामेली भण्डारणका लागि बनाइएको कोठाहरु समेत गुणस्तरहीन रहेकोले त्यसको छानबिन हुनुपर्ने माँग गर्दै अहिले तामेली भण्डारणका लागि सार्न लागिएको स्थान कर्मचारीहरुको कार्यक्तम गर्ने स्थालको रुपमा तथा त्यसको वरिपरी हटिया लाग्ने कारणले कुनै पनि दृष्टिकोणले उपयुक्त देखिएको छैन् । 
बि.सं. १९९८ सालमा निर्मित उक्त भवनमा लामो समयसम्म मालापोत कार्यालय संचालन रहेको थियो । भवन जिर्ण भएको भन्दै मालपोत कार्यालय भाडाको घरमा संचालन हुँदै आएको थियो । तर, २०५९ साल साउन महिनादेखी आफ्नै भवनमा मालपोत कार्यालय हालसम्म संचालनमा रहेको छ ।
तत्कालिन मालपोत कार्यालयका निमित्त प्रमुख सरयुगलाल दासको कार्यकालमा भूमि सुधार तथा व्यवस्थापन विभागको २०६७ जेठ ३१ गतेको निर्णय अनुसार हाल तामेली भवनसहितको २ कठा १ धुर जग्गा जिल्ला अदालतको नाउँमा लिखित सहमति हस्तान्तरण गरिदिएका थिए । सोही लिखित सहमति अनुसार अहिले जिल्ला अदालतले कार्यालय प्रयोजनका लागि भवन र जग्गा खाली गर्न बारम्बार दबाब सृजना गरेको श्रोतको दाबी छ । 
तामेली भण्डारणका लागि जिल्ला अदालतले मालापोत कार्यालयलाई ४६ लाख रुँपैया उपलब्ध गराएको थियो । सोही रकमले हाल रहेको मालपोत कार्यालयको माथील्लो तल्लामा टिनको छानाको भएको कोठा निर्माण गरिएको छ । तर, सो कोठाहरु गुणस्तरहीन रहेकोले त्यहा तामेली भण्डारण गर्न नसकिने अवस्थामा रहेको छ । हावाहुरी तथा पानी परेको अवस्थामा सो कोठाहरु चुहिने तथा कागजातहरु हावाले उडाउन सक्ने सम्भावना रहेको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट