News Category 2075/04/27

संघियतालाई मजबुत बनाउन पत्रकारहरुले नियमित कलम चलाउनु पर्नेमा जोड

दैनिक समाचारदाता

राजविराज÷प्रतिनिधीसभा सदस्य चन्द्रकान्त चौधरीले मुलुकमा बिभिन्न परिवर्तन ल्याउन पत्रकारले खेलेको भूमिका सहनीय रहेको बताएका छन् । 
मधेशी पत्रकार समाज सप्तरीले शनिबार राजविराजमा आयोजना गरेको नागरिक पत्रकारिता कार्यशालाको उद्घाटन गर्दै सांसद चौधरीले सो कुरा बताउँदै अब संघियतालाई मजबुत बनाउन पत्रकारहरुले नियमित कलम चलाउनु पर्नेमा जोड समेत दिए ।
सप्तरी क्षेत्र नं. ३ बाट निर्वाचित सांसद चौधरीले पत्रकारहरुप्रति राज्यले खासै ध्यान दिन नसकेको बताउँदै पत्रकार र पत्रकारिता बलियो नभएसम्म मुलुक राम्रोसँग अगाडी बढ्न नसक्ने जिकिर गरे ।
सोही कार्यक्रममा प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले पत्रकारहरुलाई हरेक समस्याको उत्थान गर्न आग्रह गर्दै प्रदेशमा विद्यमान रहेका विभिन्न समस्याहरुलाई उजागर गरी राज्यको ध्यानाकर्षण गराउन आग्रह समेत गरे ।
संघियता आएपछि नागरिकमुखी पत्रकारिता बनाउनुपर्ने उद्देश्यका साथ समाजले कार्यशालाको आयोजना गरेको हो । ग्रामिण क्षेत्रबाट पत्रकारिता गरिरहेकाहरुको उक्त कार्यशालामा सहभागिता रहेको थियो भने कार्यशालामा श्रवणकुमार देव र बिनय कर्णले सहजीकरण गरेका थिए । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट