News Category 2077/06/07

भन्सार छलेका समान, पशुसहित  गाडी प्रहरी नियन्त्रणमा 

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ६ असोज । 
    भारतबाट भन्सार छलेर ल्याउँदै गर्दा लाखौ मूल्य बरावरको किराना सामान तथा प्रतिबन्धित औषधी सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ ।
    सोमबार रातीको पिकअप भ्यानमा लोडगरी भारतबाट नेपाल ल्याउँदै गरिएको गाईसहित गाडी पनि प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै दशगजा क्षेत्रमा निगरानीका लागी खटिएका प्रहरीको गस्ती टोलिले बिभिन्न नाका क्षेत्रवाट खैनी, पान मसाला, गुटका, चुरोट, बिडी, प्रतिबन्धित औषधीहरू समेत बरामत गरेको छ ।
    सोमवार मध्य रातमा मे.१च. २०३४ नम्वरको पिकअप भ्यानमा दुईबटा जर्सी गाई लोडगरी भारतबाट नेपाल तर्फ ल्याउदै गर्दा सप्तरीको डाक्नेवरी नगरपालिकाको पत्थरगाढा चौकमा राती १२ बजे तिर गस्तीमा खटिएका प्रहरीले नियन्त्रणमा लिएको डिएसपी तिलक भारतीले जानकारी दिए ।
    प्रहरीलाई देख्ने बितिकै तस्करहरू भने अंध्यारोको फाईदा उठाउदै समान छाडी फरार भएको बताईएको छ ।
    तस्करीमा प्रयोग गरिएको गाडीसहित बरामत समानहरूको १७ लाख ५१ हजार मुल्यांकन गरिएको तथा आबश्यक कारवाहीको लागि मंगलवार बेल्हीस्थित राजबिराज भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।    

प्रतिकृया दिनुहोस

ताजा अपडेट