News Category 2079/07/01

मधेश प्रदेश क्रिकेट छनोट खेलमा सिरहा र धनुषा बिजयी

दैनिक समाचारदाता

मधेश प्रदेश क्रिकेट छनोट खेलमा सिरहा र धनुषा बिजयी

दैनिक समाचारदाता
राजविराज, १ कातिक । 

    पाँचौ संस्करणको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत मधेश प्रदेश सिनियर एकदिवसिय क्रिकेट छनोटमा सिरहा र धनुषा बिजयी भएका छन । 
    सप्तरी क्रिकेट सघको आयोजना तथा मधेश प्रदेश क्रिकेट संघको सहयोगमा मंगलवार राजबिराजमा सम्पन्न छनोट खेलमा सिरहाले सप्तरीलाई ६४ रनले र धनुषाले महोतरीलाई ४ बिकेटले पराजित गरेको छ । 
    स्थानिय पबिमावि खेलमैदानमा टस जितेर सिरहाले निर्धारित ५० ओभरको खेलमा ३८ ओभर ३ बलमा १० बिकेट गुमाई १७५ रन बनाएको थियो । जसमा रूपेश सिँह ४३ रन, राकेश कामैत ४१ रन जोडे। बलिंग तर्फ सप्तरीका अजय यादब ४ पप्पु यादब ३ र बिकास दास २ बिकेट हात पारे । 
    जवाफमा सप्तरीले ३४ ओभरमा सबै बिकेट गुमाई १ सय ११ रनमै सिमित रहे। जसमा अमित यादब २९ र रोहित सिँह अविजित २० रन बनाएका थिए । 
    बलिङ्गतर्फ सिरहाका प्रदिप पासवान ४ मनोज यादब २ र रूपेश सिंहले १ बिकेट लिए ।  खेलको म्यान अफ दि म्याच सिरहाका प्रदिप पासवान घोषित भएका थिए । 
    त्यस्तै मंगलबारै सम्पन्न दोश्रो खेलमा महोत्तरीले टस जितेर ४२ ओभरमा १० बिकेट गुमाई १ सय २४ रनको योगफल खडा गरेको थियो । जसमा नवीन यादब ३६ र बिनोद सहनी ३० रन जोडे ।  बलिंग तर्फ धनुषाका दिव्यान्सु मलिक र आकाश रायले समान्य ४÷४ बिकेट हात पारे भने हरिशंकर साहले १ बिकेट लिए । 
    जवाफमा धनुषाले ३० ओभर २ बलमा ६ बिकेट गुमाई बिजय हात पारेको थियो । जसमा विशाल सुश्लिंगले ४३ रन र परसुराम यादबले ३० रन बनाएका थिए । बलिंग तर्फ महोतरीका रमेश सहनी २ र नितेश यादब र अभिषेक तिवाडीले १÷१ बिकेट हात पारे । सो खेलको म्यान अफ दि म्याच आकाश राय घोषित भएको सप्तरी क्रिकेट सँघले जनाएको छ ।    

प्रतिकृया दिनुहोस

ताजा अपडेट