News Category 2079/07/02

रोहन बिकको उत्कृष्ट प्रदर्शनले सप्तरी बिजय

दैनिक समाचारदाता

रोहन बिकको उत्कृष्ट प्रदर्शनले सप्तरी बिजय

दैनिक समाचारदाता
राजविराज, २ कात्तिक । 

    राजविराजमा संचालित पाँचौ संस्करणको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत मधेश प्रदेश सिनियर क्रिकेट छनोट खेलमा बुधबार सम्पन्न खेलमा रोहन बिकको उत्कृष्ट प्रर्दशनले सप्तरी बिजयी भएको छ । त्यस्तै अर्को खेलमा सिरहाले दोस्रो जित हात पारेको छ । 
    सप्तरी क्रिकेट संघको आयोजना तथा मधेश प्रदेश क्रिकेट संघको सहयोगमा संचालित छनोट खेलमा सप्तरीले धनुषालाई २ बिकेटले पराजित गर्दै पहिलो जित निकालेको छ भने सिरहाले महोत्तरीलाई ५ बिकेटले हराउदै आफनो जितलाई निरन्तरता दिएको हो । 
    स्थानिय पबिमावि खेलमैदानमा टस जितेर धनुषाले ४४ ओभर ३ बल खेल्दै सबै बिकेट गुमाई १ सय ७६ रनको योगफल खडा गरेका थिए । जसमा रौनक रत्नले सर्वाधिक ६१ रन, हिमान्सु दत्त ३० रन र हरिशंकर साहले २० जोडे । बलिङ्ग तर्फ सप्तरीका अभिशेषक कार्की र पप्पु यादब ३÷३ बिकेट तथा रोहित, बिकास दास र अजय यादबले समान्य १÷१ बिकेट हात पारे । 
    जवाफमा सप्तरीले ४० ओभर ३ बल खेल्दै ८ बिकेट गुमाई बिजय हात पारेका थिए । टिमका लागि रोहन बिकले उत्कृष्ट ब्याटिंग गर्दै ४ छक्का र ११ चौकाको मदतले ७८ रन बनाएपछि जितका लागि सहज भएको थियो । त्यस्तै राहुल मण्डल २३, अभिषेक कार्की १७, पप्पु यादब १५ र बिकास दासले १० रन बनाउदै अबिजित रहेपछि टिमका लागि जित सुनिश्चित भएको थियो । 
    यता बलिंग तर्फ धनुषाका दिब्यान्सु मलिकले सर्वाधिक ४ बिकेट, बिक्रान्त यादब २ र आकाश राय तथा रूपेश यादबले १÷१ बिकेट लिएका थिए । खेलको म्यान अफ दि म्याच सप्तरीका रोहन बिक घोषित भए । 
    यसैगरी सिरहा र महोत्तरी बिच भएको दोस्रो खेलमा टस जितेर महोतरीले ३३ ओभर ५ बलमा सबै बिकेट गुमाई १ सय १६ रनको योगफल खडा गरेका थिए । जसमा अभिषेक तिवाडी १५, सुकेश यादब १४ श्याम मण्डल र मुरारी ठाकुर १२÷१२ रन बनाएका थिए । बलिंग तर्फ सिरहाका रूपेश सिँह र प्रदिप पासवान २÷२ बिकेट अफरूदिन रायन २ तथा मनोज यादब र तारपेशर मुखियाले १÷१ बिकेट लिएका थिए । 
    जवाफमा सिरहाले ३२ ओभर १ बलमा ५बिकेट गुमाई बिजय हात पारेका थिए । जसमा रूपेश सिँहले अविजित ३८ रन, शैलेन्द्र साह ३३ रन जोडेपछि जित सहज भएको थियो । बलिंग तर्फ महोतरीका रमेश सहनी र नवीन यादब २÷२ बिकेट र बिनेष सहनीले १ बिकेट लिएका थिए । खेलको म्यान अफ दि म्याच सिरहाका रूपेश सिँह घोषित भए ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट