News Category 2079/07/19
मधेस प्रदेशको लगातार दोस्रो जित
काठमाडौं÷लुम्बिनी प्रदेशलाई ९२ रनले पराजित गर्दै जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले लगातार दोस्रो जित निकालेको छ ।
शनिबार मुलपानी क्रिकेट मैदानमा प्राप्त दोस्रो जितसँगै मधेसको सेमिफाइनल सम्भावना बलियो बनेको छ ।
मधेस प्रदेशले प्रस्तुत गरेको दुई सय ६० रनको लक्ष्य पछ्याएको लुम्बिनी ४९.१ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६७ रनमा समेटिएको थियो ।
लुम्बिनीका विशाल विक्रम केसीले सर्वाधिक ३४ रन बनाए । यसैगरि कृष्ण कार्कीले ३१, अनिल खरेलले २२, सन्दीप रजालीले २३ रनको योगदान गरेका थिए । अन्य ब्याटरले भने उल्लेख्य रन बनाउन सकेनन् ।
बलिङतर्फ मधेसका राजेश यादव र प्रदिप पासवानले सामान तीन अंक लिए । यसैगरी हरिशंकर शाहले दुई विकेट हात पारे ।
यस अघि टस हारेर ब्याटिङ गरेका मधेसले तीन खेलाडीको अर्धसतक मद्धतमा ४८.४ ओभरमा सवै विकेट गुमाउँदै दुई सय ५९ रन बनाएको थियो । ओपनर सन्तोष कार्कीले ६० बलमा पाँच चौका र तीन छक्का मदतमा ५० रन बनाए ।
प्लेअर अफ दि म्याच तथा कप्तान हरिशंकर शाहले ९० बलमा ७६ रन बनाए । अनिल शाहले ५० रनको योगदान गरे । मघेसले बलियो सुरुवात गर्दै पहिलो विकेटको लागि एक सय ३० रनको साझेदारी गरेको थियो ।
लुम्बिनीका कृष्ण कार्कीले सर्वाधिक तीन विकेट लिए । यसैगरी अनिल खरेलले दुई विकेट हात पारे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/01/19 महादेवाका अग्नीपीडितको बिजोग, कतै रुखमुनी त कतै खेतमा पाल टांगेर वास
- 2081/01/19 ९७ अग्नीपीडितको निःशुल्क उपचार
- 2081/01/18 चिम्टीमा भिषण आगलागि, करिब दुई सय घर खरानी
- 2081/01/18 श्री ठाकुर बाबा दह, लोहजारा घोषणा पत्र जारि
- 2081/01/18 महिला क्रिकेट बिकासका लागि जिल्ला क्रिकेट प्रतियोगिता सुरू
- 2081/01/17 एकल महिला संगठित हुँदै, स्वरोजगार बनाउने प्रयासको थालनी
- 2081/01/17 जेसीजद्वारा बृक्षारोपनका साथै भित्तेपात्रो विमोचन
- 2081/01/15 पडेमारा अग्निपीडितलाई मन्त्री लेखीद्वारा आर्थिक सहयोग
- 2081/01/14 माओवादी केन्द्र सप्तरीको जिल्ला अध्यक्षमा रजक चयन
- 2081/01/14 सप्तरी जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको तदर्थ समिति गठन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ