News Category 2080/03/11

घरेलु टिम सप्तरी पराजित

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, ११ असार ।

    राजविराजमा जारि मेयर कप फुटबल प्रतियोगिता अन्तरगत सोमबारको खेलमा घरेलु टिम सप्तरी पराजित भएको छ । 
    आधा दर्जन जति प्रहार रोक्दै उदयपुरको मनिथम फुटबल क्लबले आयोजक सप्तरी फुटबल संघ टिमलाई १–० गोल अन्तरले हराएको छ । सो जितसँगै मिनथम क्लब क्वाटर फाइनलमा प्रवेश गरेको हो । 
    खेलको ८० औं मिनेटमा डि–एरियामा सप्तरीका खेलाडीले फाउल खेल्दा उदयपुरले पाएको पेनाल्टीको सदुपयोग गर्दै देवराज चौधरीले गोलमा परिणत गरेका थिए । सो गोलमै निर्णायक बन्यो । 
    गोल फर्काउन घरेलु टोलीका खेलाडीले उदयपुरको गोल पोष्टमा आधा दर्जन जति प्रहार गरे पनि गोलमा परिणत गर्न सफल भएन र अन्ततः १–० गोल अन्तर कायम गर्दै पाहुना टोली उदयपुरले जित सुनिश्चित ग¥यो । 
    जिल्ला फुटबल संघ सप्तरीको आयोजनामा तथा राजविराज नगरपालिकाको सहयोगमा संचालित प्रतियोगिता अन्तरगत मंगलबारको खेल सर्लाही र महोत्तरीबीच हुने आयोजक समितिले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट