News Category 2081/01/06

सार्वजनिक बिदाका दिनहरुमा पनि  नागरिकता, राष्ट्रिय परिचयपत्र र  राहदानी सम्बन्धी सेवा प्रवाह हुने

दैनिक समाचारदाता

सार्वजनिक बिदाका दिनहरुमा पनि  नागरिकता, राष्ट्रिय परिचयपत्र र  राहदानी सम्बन्धी सेवा प्रवाह हुने

दैनिक समाचारदाता
राजविराज, ६ बैशाख ।

    जिल्ला प्रशासन कार्यालय सप्तरीले २०८१ साल बैशाख महिनादेखी सार्वजनिक बिदाको दिनहरुमा पनि आफ्नो अतिआवश्यक सेवा प्रवाह गर्ने भएको छ । 
    प्रशासकीय अधिकृत भिमराज बस्नेतद्वारा बिहीबार जारि सूचनामा २०८१ साल बैशाखदेखी चैतमसान्त सम्ममा विभिन्न १६ दिनको सार्वजनिक बिदामा नागरिकता सम्बन्धी, राष्ट्रिय परिचयपत्र सम्बन्धी र राहदानी सम्बन्धी सेवा प्रवाह गर्ने उल्लेख छ । 
    जारि सूचना बैशाख ५ गते रामनवमी, जेठ १० गते चण्डी पूर्णिमा (बैशाख पुर्णि) बृद्ध जयन्ती, उभौली पर्व, जेठ १५ गते गणतन्त्र दिवस, भदौं ३ गते रक्षाबन्धन, भदौं १० गते श्रीकृष्ण जन्माष्टमी, असोज १७ गते घटस्थापना, मंसिर ३० गते धान्य पूर्णिमा, उधौली पर्व, योमरी पुन्हि (ज्यापु दिवस), पुस १० गते क्रिसमस डे, पुस १५ गते तमु ल्होसार, माघ १ गते माघी पर्व÷माघे संक्रान्ति, माघ १६ गते सहिद दिवस, माघ १७ गते सोनजम ल्होसार, फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस, फागुन १४ गते महाशिवरात्री, फागुन १६ गते ग्याल्पो ल्होसार र मिति निर्धारण नभएको ईद र बकर ईद पर्वमा ती तीनै वटा सेवाहरु प्रवाह हुने जनाइएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट