News Category 2081/04/28
पार्टी निर्माणमा जुट्न कार्यकर्ताहरुलाई जसपा अध्यक्ष राईको आग्रह, सत्ता बिना बस्नु पर्दा पानी बिना माछा जस्तो छटपटी ः मन्त्री यादव
दैनिक समाचारदाता
राजबिराज, २८ साउन ।
जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले निस्वार्थ भावनाले जनताको चाहना बमोजिम पार्टी निर्माणमा जुट्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।
सोमबार राजविराजमा आयोजित जिल्ला कार्य समितिको घोषणा सभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।
उनले पार्टीका इमान्दार कार्यकर्ताहरु आफूहरुका साथमा रहेकाले छिट्टै देशव्यापी पार्टी बनाउने घोषणा गर्दै अध्यक्ष राईले हिमाल, पहाड, तराई सबै ठाउँमा पार्टीप्रति आकर्षण बढेको दाबीका साथ निर्धक्क भएर पार्टी निर्माण र जनताको सेवामा जुट्न कार्यकर्ताहरुलाई निर्देशन पनि दिए ।
सोही कार्यक्रममा पार्टीका उपाध्यक्ष तथा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साहले अवसरवादीहरुलाई छाडेर आफूहरुले निर्माण गरेको संगठनमा अधिकारका लागि लडेका, दुःख पाएका, निस्वार्थ र स्वाभिमानी साथीहरुको साथ रहेको कारण पार्टीको भविष्य उज्जवल रहेको दाबी गरे ।
कार्यक्रममा खानेपानी मन्त्री प्रदिप यादवले आफूहरुले उपेन्द्र यादवलाई नेता मान्दै आएको भएपनि उनमा बढ्दो अंहकार, सत्ता स्वार्थ र तानाशाही प्रवृतीका कारण उनको साथ छोड्नु परेको खुलासा गरे । “उपेन्द्रले हालसम्म पार्टीलाई प्राइभेट लिमिटेड कम्पनीको रुपमा चलाए, उनले भने –सत्ता बिना बस्नु पर्दा पानी बिना माछा जस्तो छटपटी देखाए ।”
उपेन्द्र नेतृत्वको पार्टीलाई सत्ता स्वार्थीहरुको पसलको संज्ञा दिँदै उनले अबको केही दिनपछि नै सो पसल बन्द हुने दाबी समेत गरे । जसपा नेतृत्वको ६÷६ वर्षसम्म मधेश प्रदेशमा सरकार हुँदा जनताले सरकारको अनुभुति गर्न नपाएको र योजनाहरु १० प्रतिशत लिएर खुलेआम बजारमा बिक्रि हुने गरेको उनले खुलासा समेत गरे ।
सत्यनारायण यादवको नेतृत्वमा जसपा जिल्ला कार्यसमिति, शिवम यादवको नेतृत्वमा जसपा युवा समाजवादी समिति तथा अनुराधा साहको नेतृत्वमा महिला समाजवादी जिल्ला कार्यसमिति सप्तरी गठन गरिएको घोषणा उक्त कार्यक्रममा गरिएको थियो ।
सो अवसरमा पार्टीका सहअध्यक्ष रेणु यादव, महासचिव इस्तियाक राइन, मधेश प्रदेश अध्यक्ष अशोक यादव, केन्द्रिय सदस्य राजकिशोर यादव, बिनोद चौधरी लगायतले पनि बोल्दै उपेन्द्र यादवले पार्टीलाई प्राइभेट लिमिटेड र सिन्डिकेटको रुपमा चलाएको भन्दै चर्को आलोचना गर्दै सोही कारणले आफूहरु अलग भएको बताएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ