News Category 2081/04/29
बलान नदीको डिलमा बृक्षारोपण
दैनिक समाचारदाता
राजविराज, २९ साउन ।
२५औँ अन्तराष्ट्रिय युवा दिवसको अवसरमा मंगलबार सप्तरीको बलान बिहुल गाउँपालिका र युवा संजालको अगुवाईमा बृक्षारोपण गरिएको छ ।
गाउपालिका अध्यक्ष खेमचन्द्र यादबले हुलाकी राजमार्गस्थित बलान नदिको डिलमा विरुवा रोपेर वृक्षारोपण कार्यक्रम शुभारम्भ गरे ।
वृक्षारोपणको शुभारम्भ गर्दै अध्यक्ष यादबले वृक्षारोपण जलवायु परिवर्तको अवसरबाट जोगिन मद्दत गर्ने भएकोले यस बर्ष गाउँपालिकाले निजी वन लगाउन प्रोत्साहन गर्ने उद्देश्यले निजीवन प्रबद्र्धन कार्यक्रम सञ्चालन गर्न लागेको बताए ।
बलानबिहुल गाउपालिकाको समन्वयमा तथा युएसएआईडीको आर्थिक सहयोग र द एशिया फाउन्डेशन कार्यान्वयन संस्था र सबल नेपालद्वारा सञ्चालित नागरिक समाज र सञ्चार कार्यक्रम अन्तर्गत सिमान्तकृत समुदायका किशोर किशोरी, युवा, महिलाहरुको अधिकार अभियानका लागि गठित युवा सञ्जालले सो वृक्षारोपण कार्यक्रमको आयोजना गरेको हो ।
संजालका अध्यक्ष लक्ष्मी कुमारी रामको अध्यक्षतामा तथा पालिका अध्यक्ष खेमचन्द्रको सहभागितामा पालिकाको हुलाकी राजमार्ग बलान नदिदेखी बिहुल नदिको वरिपरि बिभिन्न ठाउहरूमा १ हजार भन्दा बढी बिभिन्न जातका बोटबिरूवाहरू रोपिएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/01 मकर संक्रान्तिमा श्रीराम खिचडी प्रसाद र न्यानो कपडा वितरण
- 2082/10/01 योग दिवस मनाइयो
- 2082/10/01 मार्बल बोकेको ट्रक पल्टिँदा पाँच जनाको मृत्यु, तीन घाइते
- 2082/10/01 निर्वाचन प्रहरीका लागि ६ दिनमा ५ हजार ८ सय ३३ जनाको आवेदन
- 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
- 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
- 2082/09/30 सुरुङ्गाबाट लागुऔषध सहित दुई पक्राउ
- 2082/09/30 डाक्नेश्वरीका स्वास्थ्यकर्मीहरुले अल्टिमेटमसहित बुझाए ज्ञापनपत्र
- 2082/09/30 मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि काठमाडौंको पोल्टामा
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ