News Category 2081/05/19
विद्यालयमा डेढ लाखको चोरी, एक लाख बराबरको तोडफोड
दैनिक समाचारदाता
राजविराज, १९ भदौ ।
सप्तरीको एक विद्यालयमा मंगलबार मध्यराती चोरले डेढ लाख मुल्य बराबरको सम्पत्ति चोरी गरेका छन् भने झण्डै एक लाख मुल्य बराबरको सम्पत्ति तोडफोड गरी नष्ट गरिदिएका छन् ।
जिल्लाको विष्णुपुर गाउँपालिका ५ स्थित जनता राष्ट्रिय माध्यमिक विद्यालय कट्टीमा यस्तो खाले चोरी घटना भएको हो ।
प्रधानाध्यापक बबिता यादवका अनुसार विद्यालयबाट ग्यास सिलिण्डर, चुल्हो, पंखा, बाइफाई राउटर, पानी तान्ने मोटर, पाइप, दिवाल घडी, भाडाकुडा र विद्यार्थीहरुको दिवाखाजाका लागि मगाइएका विभिन्न उपभोग्य सामाग्रि गरी डेढ लाख भन्दा बढीको सरसामान चोरी भएको छ ।
चोरले स्टोर कोठामा रहेको आलु, प्याज, चना, मुरही, हरियो सागसब्जी, एउटा ग्यास चुल्हो, खाना पकाउने मरमसाला, दुई वटा टेबुल पंखा र केही फर्निचरहरु बाहिर निकालेर नष्ट गरिदिएका छन् । खाद्यान्न र हरियो तरकारी विद्यालय परिसरमा छरपष्ट फालिदिएका छन् भने पंखा, ग्यास चुल्हो र कुर्सी फर्निचर लगायतका सामाग्रि बाहिर निकालेर तोडफोड गरी चोरले छाडेर हिडेको प्रअ यादवले बताइन् । यस्तै दराजमा रहेका महत्वपूर्ण कागजातहरु बाहिर निकालेर च्यातचुत पार्दै विद्यालय परिसरमा छरपष्ट फ्यालिदिएको उनले बताइन् ।
उक्त विद्यालयमा १ सय ६५ जना विद्यार्थी छन् । उनीहरुको दिवा खाजाका लागि राखिएका राशन मध्ये आधा चोरी भएको र आधाजति चोरले फ्यालि हिडेको प्रअ यादवले बताइन् । राती चोरी भएको कुरा बुधबार बिहान ८ बजेतिर विद्यालय पुग्दा मात्र थाहा पाएको कार्यालय सहयोगि ज्ञानबत्ति साहले बताइन् । त्यसपछि सबैलाई जानकारी गराएको उनले बताइन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले घटनाको खबर पाएलगत्तै प्रहरी निरिक्षकको नेतृत्वमा एक टोली विद्यालयतर्फ खटाइएको बताए । उनले हरेक कोणबाट घटनाको अनुसन्धान गरिने र छिट्टै अपराधी पत्ता लाग्ने विश्वास समेत जनाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/19 परिवर्तन ल्याउन सक्षम, इमान्दार र स्थानीय क्षेत्रकै बासिन्दालाई जिताउनुपर्छ ः रन्जु ठाकुर
- 2082/07/18 करदाता सेवा कार्यालय राजविराजलाई स्तान्तरण गर्ने प्रपञ्च रचिदै
- 2082/07/18 अग्नीसाईर कृष्णासवरनका अध्यक्ष चौधरीद्वारा राजिनामा
- 2082/07/18 जनकपुर बोल्ट्सले प्रतिभा ट्यालेन्ट हन्टवाट आईकनिक प्लेयर चयन गर्दै
- 2082/07/17 स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई पक्राउ
- 2082/07/16 बलात्कार मुद्दाका दोषी कारागारबाट भागेर पीडितसँगै गरे बिवाह
- 2082/07/16 विद्यालयकै केही जिम्मेवारी पदाधिकारी, जनप्रतिनिधि र शिक्षकबाट आफू असुरक्षित ः प्रअ दास
- 2082/07/16 लालपूर्जाको माग गर्दै राजविराजवासी पुनः आन्दोलनको तयारीमा
- 2082/07/13 हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
- 2082/07/13 प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ