News Category 2081/06/18
सप्तरी पर्यटकिय क्षेत्रको रुपमा विकास भएमा, “रोजगारीको अवस्था सृजना हुनुका साथै आन्तरिक आयश्रोत समेत बढ्ने” ः वक्ताहरु
दैनिक समाचारदाता
राजविराज, १८ असोज ।
सप्तरीको सप्तकोशी नगरपालिका २ गोबद्र्धन बैरागी उच्च माविमा शुक्रबार प्रस्तावित पर्यटकिय क्षेत्रको बिषयमा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले प्रदेश सरकारको पञ्च वर्षिय योजनामा जिल्लाको विभिन्न स्थानहरुलाई सांस्कृतिक, ऐतिहासिक, धार्मिक तथा पर्यटकिय प्रवर्द्धनका लागि प्रस्ताव पेश गर्नुका साथै ती स्थानहरुको अवलोकन पश्चात् अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
सम्पन्न अन्तरक्रियामा वक्ताहरुले जिल्लालाई पर्यटकीय क्षेत्रको रुपमा विकासका लागि हरसम्भव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । उनीहरुले सप्तकोशीदेखी हनुमाननगरसम्म २५ किलोमिटरको क्षेत्रलाई पर्यटकीय स्थल तथा पर्यटकीय कोरिडोरको रुपमा विकास गर्न सकिए जिल्लामा थोरै भएपनि रोजगारीको अवस्था सृजना हुनुका साथै आन्तरिक आयश्रोत समेत बढ्ने विश्वास व्यक्त गरेका छन् ।
गृहमन्त्री लेखीको प्रमुख आतिथ्यमा सम्पन्न अन्तरक्रियामा मधेस योजना तथा नीति आयोगका उपाध्यक्ष डा. सोहन साह, नेकपा एमाले सप्तरीका ईन्चार्ज एवं पोलिट्व्युरो सदस्य सुमनराज प्याकुरेल, सप्तकोशी नगरपालिकाका मेयर कृष्ण ढकाल लगायत स्थानीय बुद्धिजिवि, समाजसेवी लगायतको सहभागिता रहेको थियो ।
यसअघि बिहीबार मन्त्री लेखीको नेतृत्वमा उच्च स्तरीय टोलिले प्रस्तावित पर्यटकिय करिडोरको अध्यन अवलोकन समेत गरेको थियो ।

टोलीले जिल्लाको कोशी ब्यारेजदेखि सप्तकोसी नगरपालिकामा अवस्थित ऐतिहासिक चन्द्र नहरसम्मको करीब २५ किलोमिटरमा पर्ने कोशी टप्पु बन्यजन्तु आरक्ष संग जोडिएका क्षेत्रहरुलाई पर्यटकिय क्षेत्रको रुपमा बिकाश गर्ने उद्देश्यका साथ स्थलगत अध्यन अवलोकन गरेको हो ।
मन्त्री लेखीले असोज १४ गते प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहन साहलाई आयोगको पञ्च बर्षिय योजना तयार भई स्वीकृत हुने चरणमा रहेको हुदा जिल्लाको कोशी टप्पु बन्य जन्तु आरक्ष क्षेत्र सँग जोडिएका पर्यटकिय सम्भावना बोकेका सप्तकोशी नगरपालिकाको फत्तेपुर, सिद्दिपुर, सखुबनीहुँदै हनुमाननगर कंकालिनी सम्मको करीब २५ किलोमिटरको क्षेत्रलाई पर्यटकिय करिडोरको रुपमा बिकास गरिनु पर्ने मागसहित ध्यानाकर्षण पत्र बुझाएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
- 2082/10/05 सप्तरी २ बाट उम्मेदवारी दिन्छु ः पूर्वमुख्यमन्त्री सिंह
- 2082/10/05 राजविराज बसपार्क यथासिघ्र संचालनमा ल्याउने मन्त्री सुमनको प्रतिबद्धता
- 2082/10/05 मेयरकप फुटबल प्रतियोगितामा शम्भुनाथ विजयी
- 2082/10/05 प्रधानमन्त्री कप जिल्ला छनोट क्रिकेटमा शम्भुनाथ बिजयी
- 2082/10/03 सप्तरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
- 2082/10/03 सप्तरीको समग्र विकासका लागि पहल भइरहेको छ ः मन्त्री गुप्ता
- 2082/10/03 सप्तरीमा निर्वाचन प्रहरीका लागि झण्डै दोब्बर आवेदन
- 2082/10/03 छुट्टाछुट्टै स्थानमा आगलागि हुँदा दश लाख मूल्य बराबरको क्षति
- 2082/10/01 मकर संक्रान्तिमा श्रीराम खिचडी प्रसाद र न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ