News Category 2081/07/07
साक्षीको उत्कृष्ट ब्याटिङले सप्तरी बिजयी
दैनिक समाचारदाता
राजबिराज, ७ कात्तिक ।
राजबिराजमा सुरु भएको अन्तर हब महिला क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा सप्तरीले सिरहालाई ८ बिकेटले पराजित गर्दै बिजयी सुरूवात गरेको छ ।
बुधवार राजबिराजस्थित पविमाबिको खेल मैदानमा भएको उद्घाटन खेलमा सिरहाले दिएको १ सय २९ रनको लक्ष्य २ बिकेटको क्षतिमा सप्तरीले जित हात पारेको हो ।
सप्तरीका कप्तान साक्षी यादवले उत्कृष्ट ब्याटिङ गर्दै ३९ रनको अबिजित पारी खेलेकी थिइन् । उनलाई साथ दिन बन्दना रजकले अविजित रहदै टिमका लागी २८ रन जोडीन् ।
यसअघि टस जितेर सिरहाले २० ओभरमा ८ बिकेट गुमाएर १ सय २९ रनको योगफल खडा गरेका थिए । जसमा टिमका लागी अनुराधा चौधरीले उत्कृष्ट ब्याटिङ गर्दै अर्धसतकिय पारी खेल्दै ५६ रन बनाए भने अनजल चौधरीले १३ रन जोडीन् ।
बलिङतर्फ सप्तरी साक्षी यादबले २ बिकेट र दिपा राम, सुस्मिता यादब, अपेक्षा यादबले समान्य १÷१ बिकेट लिएका थिए ।
खेलको प्लेयर अफ दि म्याच घोषित साक्षी यादवलाई सप्तरी क्रिकेट संघका उपाध्यक्ष निरज सिंहले कप प्रदान गरेका थिए ।
सो प्रतियोगिताको सुरूवात राजबिराज नगरपालिका कावा नगरप्रमुख ईसरत परविनले ब्याटिङ र सप्तरी क्रिके संघका अध्यक्ष आयुष श्रेष्ठले बलिङ गर्दै संयुक्त रूपमा उदघाटन गरेका थिए ।
सबल नेपालको आयोजना तथा एमसिसी फाउन्डेशन र क्रिकेट विथ बाउन्ड्रीको संयुक्त सहयोगमा सप्तरी, सिरहा र महोत्तरी जिल्ला बिच महिला क्रिकेट प्रतियोगिताको आयोजना गरिएको सबल नेपालका कार्यक्रम संयोजक आशिष गुप्ताले जानकारी दिए ।
उक्त अवसरमा सप्तरी क्रिकेट संघका उपाध्यक्ष निरज सिंह, कोषाध्यक्ष तुलानाथ माझी, जिल्ला सदस्य रोशन मण्डल, डम्वर नारायण दास, संजय कार्की, बिरेन्द्र यादव लगायतको उपस्थित रहेको थियो भने कार्यक्रमको संचालन सचिव चन्दनकुमार यादबले गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/16 पत्रकार महासंघको स्थापना दिवसमा कान शिविर सम्पन्न
- 2082/12/16 काँग्रेसका पुराना नेता १ सय ९ वर्षिय टुनटुनको निधन
- 2082/12/16 लागुऔषध र मोटरसाइकलसहित चार युवक पक्राउ
- 2082/12/15 राजरंगशालाको प्रवेशद्वार र प्यारापिट अतिजिर्ण
- 2082/12/15 नेकपा एमाले सप्तरीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ