News Category 2081/07/14
विभिन्न पार्टी परित्याग गरि दर्जनौं नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
दैनिक समाचारदाता
राजविराज, १४ कात्तिक ।
विभिन्न पार्टी परित्याग गरि दर्जनौंको संख्यामा नेता÷कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
बुधबार नेपाली काँग्रेस राजविराज वडा नं १२ वुथ समितिले आयोजना गरेको शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका ८० जना नेता÷कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।
यसरी प्रवेश गर्नेहरुमा जनता समाजवादी पार्टी(जसपा) नेपाल, नेकपा एकिकृत समाजवादी, जनमत र नेकपा माओवादी केन्द्र नेता÷कार्यकर्ता रहेको नेपाली काँग्रेस सप्तरीले जनाएको छ ।
नव प्रवेशी नेता÷कार्यकर्तालाई कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य दिनेश कुमार यादवका साथै क्षेत्रिय सभापति महानन्द यादव, महेन्द्र यादव, महाधिवेशन प्रतिनिधि प्रदीप यादव, शुशीला यादव, ट्रेड युनियन काँग्रेसका केन्द्रिय सदस्य प्रभात कुमार ललन र जिल्ला सदस्य उमेश यादव लगायतले फुलमाला र अविरको टिका लगाई पार्टीमा स्वागत गरेका थिए ।
काँग्रेका बुथ सभापति नाथो मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य दिनेश कुमार यादवले देशको हित चाहने वास्तविक पार्टी काँग्रेस मात्र भएको दावीका साथ यसमा समाहित हुन अन्य दलका नेता÷कार्यकर्तालाई आह्वान गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ