News Category 2081/07/21
आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
दैनिक समाचारदाता
राजविराज, २१ कात्तिक ।
चार दिवसीय लोक आस्थाको महापर्व छठको तेश्रो दिन बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिइदै छ । यसका लागि विभिन्न जलाशयहरु सरसफाई तथा सजावट गरि पूजाको सम्पूर्ण तयारी पुरा भएको छ ।
यसअघि दोश्रो दिन बुधवार खरना विधि गरिएको छ । विहान पवित्र स्नान गरी दिनभर निराहार उपवास (व्रत) वसेर राती सक्खरमा पकाइएको खिर कुल देवता र छठी देवीलाई चढाई ब्रतालुले त्यही खिर प्रसादका रुपमा ग्रहण गरी खरना विधी गरिएको थियो ।
पर्वको पहिलो दिन नहाए खाए गरि सुरु गरिएपछि दोश्रो दिन खरना, तेश्रो दिन सझिया घाट (अस्ताउदो सुर्यलाई अर्घ) र शुक्रवार विहान उदाउँदो सुर्यलाई अर्घ दिए पश्चात चार दिवसीय छठ पर्व सम्पन्न हुनेछ ।
यता ब्रतालु परिवारका सदस्य तथा भक्तजन छठ घाट सरसफाई तथा सिंगार्न ब्यस्त भएका छन । विगत दुई दिनदेखि ताल तलाउ र पोखरीको पुजाघाट सिंगार्न स्थानीयहरुले बिहीबार पनि साजसजावटलाई अन्तिम रुप दिन तथा पोखरीहरुलाई झकिझकाउ बनाउन व्यस्त देखिएका छन ।
यसैबीच छठ पर्वलाई व्यवस्थित र सुरक्षित बनाउन बुधवार जनप्रतिनिधी तथा सुरक्षा निकायका प्रमुखहरु सम्मिलित टोलीले जिल्लामा छठ पर्व हुने प्रमुख जलाशयहरुको निरीक्षण गरेका छन ।
राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परवीन, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, बरख गणका गणपती रमेश पाण्डे, प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडा लगायतको टोलीले छठ पर्व मनाइने जलाशय र पुजास्थलहरुको निरीक्षण गरी सुरक्षा प्रबन्ध बारे छलफल समेत गरेका छन ।
सो क्रममा छठ पर्वको मनाउने पुजास्थलहरुमा भीड व्यवस्थापन तथा सुरक्षाका लागी विशेष सुरक्षा व्यवस्था मिलाउन लागिएको प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले बताए ।
छठ पुजास्थलहरुमा आपराधीक गतिविधी नियन्त्रण तथा भक्तजनले ढुक्क भएर छठ पर्व मनाउने गरी सुरक्षा व्यवस्थापनका लागी आवश्यक तयारी मिलाउन लागिएको उनको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/22 प्रमुख र उपप्रमुखको विवादमा कञ्चनरुप नगरपालिकाको प्रशासनिक तथा नीतिगत प्रक्रिया अवरुद्ध
- 2082/09/22 दुई क्षेत्रबाट उम्मेदवारी सिफारिस भएका नेकपा नेता जसपा नेपालमा प्रवेश
- 2082/09/22 कैदीबन्दीद्वारा चौकिदारमाथी अनियमितताको आरोप
- 2082/09/20 मुस्लिम समाज सप्तरीद्वारा प्रदर्शन, सामाजिक सद्भाव कायम गर्न सबैसँग आह्वान
- 2082/09/20 कारले मोटरसाइकललाई ठक्कर दिदा पत्रकार कर्ण घाइते
- 2082/09/20 सहकारी कारोवारलाई पारदर्शि बनाई बिश्वासको वातावरण बनाउन आग्रह
- 2082/09/18 वसपार्कको कार्यबिधी त्रुटिपुर्ण रहेको भन्दै सच्याउन माग
- 2082/09/18 जगन्नाथ रथयात्राको तयारी पुरा
- 2082/09/18 कुखुरा फर्ममा आगलागी, सात लाख बराबरको क्षति
- 2082/09/17 तिलाठी कोइलाडी सप्तरीको पाँचौ बाल विबाहमुक्त पालिका
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ