News Category 2081/08/20
मन्त्री लेखीद्वारा कैदीबन्दीहरुका लागि सीपमुलक तालिम र फर्निचरसहित पुस्तकालयको व्यवस्था गर्ने प्रतिबद्धता

दैनिक समाचारदाता
राजविराज, २० मंसिर ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखिले बिहीबार राजविराज कारागारको अनुगमन तथा निरिक्षण गरेका छन् ।
उनले कारागार सुरक्षामा खटिएका प्रहरी कर्मचारीहरु बस्ने भवन तथा मेसको अनुगमन तथा निरीक्षण गर्नुका साथै कारागारमा रहेका कैदीबन्दीहरुसँग प्रत्यक्ष भेटघाट पनि गरेका छन् ।
सो क्रममा मन्त्री लेखीले कारागारको अवस्था अत्यन्त दयनीय रहेको भन्दै त्यसलाई सुधारका लागि सम्बन्धीत निकायलाई सुझाव दिएका छन् । कारागारको जग्गा अतिक्रमण भएको बारे कारागार प्रशासनले मन्त्री लेखीलाई जानकारी गराएपछि सो सम्बन्धमा आफू गम्भिर भएको र संघीय सरकारलाई जानकारी गराई आवश्यक कदम उठाउने उनको भनाई छ ।
कारागारमा कैदीबन्दीहरु क्षमता भन्दा अत्याधिक रहेको बताउँदै मन्त्री लेखीले उनीहरुको क्षमता विकासका लागि सीपमुलक तालिम र फर्निचरसहित पुस्तकालयको व्यवस्था गर्न संचार मन्त्रालयको तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए ।
निरिक्षणकै क्रममा मन्त्री लेखीले कारागार परिसर र कैदीबन्दी बस्ने ठाउँ अत्यन्त फोहर र दुर्घन्धित रहेको बताउँदै त्यसप्रति कारागार प्रशासन गम्भिर बन्नु पर्ने उल्लेख गरे ।
ती सबै समस्याहरु बारे आफू संघीय सरकारसँगका मन्त्री तथा प्रतिनिधिहरुसँग हुने आगामी बैठकमा जानकारी गराउने र समस्या समाधान गर्तेतर्फ सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।
अनुगमन तथा निरिक्षणका क्रममा मन्त्री लेखीसँग सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडा, राष्ट्रिय अनुसन्धान बिभाग सप्तरीका उपअनुसन्धान निर्देशक सुरेन्द्र कोईराला, सशस्त्र प्रहरी गण नं. ६ का सशस्त्र प्रहरी नायव उपरीक्षक बिपन देसार लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/16 बिक्री वा बैंकमा धितो राख्न नपाउँदा पाँच हजार भन्दा बढी पीडित उधोगी व्यवसायी र परिवार फेरी आन्दोलनमा, उद्योग बाणिज्य संघद्वारा आन्दोलन परिचालनका लागी ५१ हजार सहयोग
- 2082/04/16 अपाङ्गता भएका ब्यक्तिका लागी १० बुंदे नीती तथा कार्यक्रम
- 2082/04/14 सरकारको गलत नीतिका कारण अहिलेको जल संकट आएको हो ः अध्यक्ष यादव
- 2082/04/14 कृषि बिश्वविद्यालयको पठनपाठन ठप्प, बिद्यार्थीहरूद्वारा आन्दोलन चर्काउने चेतावनी
- 2082/04/14 दमकलबाट संकटग्रस्त क्षेत्रमा खानेपानीको आपूर्तिलाई निरन्तरता दिने निर्णय
- 2082/04/11 पानीको समस्या समाधान गर्न प्रजिअद्वारा स्थलगत निरिक्षणका साथै निर्देशन
- 2082/04/11 कृषि विश्वविद्यालयमा तालाबन्दी
- 2082/04/11 स्व. सिंहको योगदान बारे चर्चा गर्दै सम्झाना
- 2082/04/11 मधुश्राबणीको अवसरमा महिला परिषदले गरे कार्यक्रम
- 2082/04/11 ३१औं “प्रकाश मानव अधिकार पुरस्कार” सुनिलकुमार यादवलाई
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ