News Category 2081/08/20
मन्त्री लेखीद्वारा कैदीबन्दीहरुका लागि सीपमुलक तालिम र फर्निचरसहित पुस्तकालयको व्यवस्था गर्ने प्रतिबद्धता
दैनिक समाचारदाता
राजविराज, २० मंसिर ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखिले बिहीबार राजविराज कारागारको अनुगमन तथा निरिक्षण गरेका छन् ।
उनले कारागार सुरक्षामा खटिएका प्रहरी कर्मचारीहरु बस्ने भवन तथा मेसको अनुगमन तथा निरीक्षण गर्नुका साथै कारागारमा रहेका कैदीबन्दीहरुसँग प्रत्यक्ष भेटघाट पनि गरेका छन् ।
सो क्रममा मन्त्री लेखीले कारागारको अवस्था अत्यन्त दयनीय रहेको भन्दै त्यसलाई सुधारका लागि सम्बन्धीत निकायलाई सुझाव दिएका छन् । कारागारको जग्गा अतिक्रमण भएको बारे कारागार प्रशासनले मन्त्री लेखीलाई जानकारी गराएपछि सो सम्बन्धमा आफू गम्भिर भएको र संघीय सरकारलाई जानकारी गराई आवश्यक कदम उठाउने उनको भनाई छ ।
कारागारमा कैदीबन्दीहरु क्षमता भन्दा अत्याधिक रहेको बताउँदै मन्त्री लेखीले उनीहरुको क्षमता विकासका लागि सीपमुलक तालिम र फर्निचरसहित पुस्तकालयको व्यवस्था गर्न संचार मन्त्रालयको तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए ।
निरिक्षणकै क्रममा मन्त्री लेखीले कारागार परिसर र कैदीबन्दी बस्ने ठाउँ अत्यन्त फोहर र दुर्घन्धित रहेको बताउँदै त्यसप्रति कारागार प्रशासन गम्भिर बन्नु पर्ने उल्लेख गरे ।
ती सबै समस्याहरु बारे आफू संघीय सरकारसँगका मन्त्री तथा प्रतिनिधिहरुसँग हुने आगामी बैठकमा जानकारी गराउने र समस्या समाधान गर्तेतर्फ सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।
अनुगमन तथा निरिक्षणका क्रममा मन्त्री लेखीसँग सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडा, राष्ट्रिय अनुसन्धान बिभाग सप्तरीका उपअनुसन्धान निर्देशक सुरेन्द्र कोईराला, सशस्त्र प्रहरी गण नं. ६ का सशस्त्र प्रहरी नायव उपरीक्षक बिपन देसार लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ