News Category 2081/09/01
दैनिक दुई उडानको तयारीमा राजविराज विमानस्थल
दैनिक समाचारदाता
राजविराज, १ पुस ।
राजविराज विमानस्थलबाट दैनिक दुई उडान हुने भएको छ । विगतमा दिउँसोको समयमा मात्र एउटा उडान हुँदै आएकोमा सोमबार रात्रीकालिन सेवाका लागि गरिएको परिक्षण उडान पश्चात् दैनिक दुई उडान केही दिनपछी गर्ने तयारी भएको छ ।
संघीय सरकारका पर्यटन मन्त्रि बद्री पाण्डे र मधेश प्रदेशका मुख्यमन्त्रि सतिश कुमार सिंहको उपस्थितिमा परिक्षण उडान गरिएको र लाइट सेटिङसहित भौतिक पूर्वाधार र प्राविधिक रुपमा उपयुक्त देखिएकाले अब यस विमानस्थलबाट दैनिक दुई उडान हुने भएको राजविराज विमानस्थलका प्रमुख ध्रुबकुमार श्रेष्ठले जानकारी दिए ।
यद्दपी रात्रीकालिन उडानलाई नियमित गर्न झण्डै एक महिना समय लाग्ने बुद्ध एयरका स्टेशन म्यानेजर अनिल राजबंशीले बताएका छन् । हवाई ट्राफिक व्यवस्थापन तथा अन्य केही प्रक्रियाहरु पुरा गर्न बाँकी रहेकाले कम्तिमा एक महिना समय लाग्ने उनको भनाई छ ।
बि.स. २०१६ सालमा तत्कालिन उद्योग मन्त्री गणेशमान सिंहद्वारा उद्घाटन गरिएको राजविराज विमानस्थलबाट विमानस्थलको धावन मार्ग कालोपत्रे गर्ने कार्यमा ढिलाई हुँदा लामो पखाईपछी उडान सेवा संचालन भएको थियो ।
सुरुमा श्रीएयारलायन्स विमानले २०७५ सालदेखी साताको तीन दिन उडान सेवा संचालन गरेपनि यात्रुको अभाव देखाई सेवामा कटौती गरेको थियो । त्यसपछी पटक पटक हवाई सेवा संचालन र बन्द हुने क्रम चलेको थियो ।
पहिलो रात्रीकालिन उडानमा राजविराजबाट उक्त विमान चढी संघीय सरकारका पर्यटन मन्त्रि बद्री पाण्डे पनि काठमाडौं प्रस्थान गर्ने बुद्ध एयरलायन्सका स्टेशन म्यानेजर राजबंशीले जानकारी दिए ।
उक्त विमानस्थलबाट २०७६ माघ १८ गतेदेखी बुद्ध एयरको जहाजले दैनिक दिउँसोको समयमा एक पटक उडान गर्दै आएको छ । हाल यात्रुको चाप बढ्दै गएको तर एउटै उडानका कारण सप्तरी र आसपासका यात्रुलाई असुविधा भइरहेको गुनासो बढ्दै गएपछी यहाँका जनप्रतिनिधिहरुको पहलमा दैनिक दुई उडान सेवा सम्भव भएको बताइएको छ ।
राजविराज विमानस्थल सप्तरीको मात्र नभई सुनसरी, उदयपुर, सिरहाका साथै सीमावर्ती भारतीय क्षेत्रका यात्रुका लागि समेत सहज र महत्वपूर्ण भएकाले दुई वटा उडान संचालन हुने खबरले स्थानीयवासी खुशी भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ