News Category 2081/09/05
प्रेस युनियनबाट पत्रकार महासंघमा नवनिर्वाचितलाई काँग्रेसद्वारा सम्मान
दैनिक समाचारदाता
राजविराज, ५ पुस ।
नेपाल पत्रकार महासंघको निर्वाचनमा नेपाल प्रेस युनियनबाट निर्वाचित भएका सप्तरीका नवनिर्वाचित पदाधीकारीहरुलाई सम्मान गरिएको छ ।
शुक्रवार नेपाली काँग्रेस सप्तरीले एक कार्यक्रमको आयोजना गरी नवनिवार्चित जिल्ला कार्य समिती, प्रदेश र केन्द्रीय पार्षद तथा केन्द्रीय सदस्यलाई सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथी नेपाली काँग्रेस सप्तरीका सभापती रामदेव साह, सचिव सनत मण्डल, यूवा नेता नन्दकिशोर यादव, शम्भुलाल देव, इर्साद अन्सारी लगायतले नवनिर्वाचित तिनै तहका पदाधीकारीहरुलाई दोसल्ला तथा कदरपत्रब मसट सम्मान गरेका छन ।
प्रमुख अतिथी काँग्रेस सप्तरीका सभापती रामदेव साहले शुभेच्छुक संस्थाको रुपमा रहेको नेपाल प्रेस यूनियनका नवनिर्वाचित पदाधीकारीहरुलाई सफल कार्यकालको शुभकामना दिदै पीडितको आवाज बन्न सुझाव समेत दिए ।
पत्रकारहरुका दक्षताको अभिबृद्धि र पत्रकारीताको विकासका लागी आपृmुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका उनले राज्यको चौथो.अंग मानिएको सञ्चारक्षेत्रलाई व्यवस्थित, मर्यादित र पत्रकारको जीवनयापन सहज बनाउन समेत आपृmले आफ्नो स्तरबाट पहल गर्ने जनाए ।
कार्यक्रममा नेपाली काँग्रेसका सचिव सनत मण्डल, प्रेस युनियन मधेश प्रदेशका उपाध्यक्ष धीरेन्द्र प्रसाद साह, सचिव मनोज कुमार माझी, प्रेस यूनियन सप्तरीका सभापती विनयलाल कर्ण, पत्रकार महासंघका नवनिर्वाचीत अध्यक्ष श्रवण कुमार देव लगायतले पनि आ–आप्mनो सुझाव राखेका थिए ।
युनियनका तर्फ पत्रकार महासंघको अध्यक्षमा श्रवणकुमार देव, महिला उपाध्यक्षमा सुधा देव, कोषाध्यक्षमा नवीनकुमार गुप्ता, सदस्यहरुमा अरुणकुमार यादव, रामनारायण यादवर र परिषकुमार कर्ण निर्वाचित भएका छन् ।
यस्तै प्रदेश परिषद् सदस्यमा गणेशलाल देव, शैलेन्द्र झा, पवन कुमार मिश्र, नरेश कुमार चौधरी र लोकेन्द्र यादव, केन्द्रिय परिषद् सदस्यमा मनोजकुमार माझी तथा केन्द्रिय सदस्यमा ललिता कुमारी साह निर्वाचित भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ