News Category 2081/09/05
कारागारका कर्मचारी बलात्कारको आरोपमा पूर्पक्षका लागि कारागार चलान

दैनिक समाचारदाता
राजविराज, ५ पुस ।
राजविराज कारागारका एक कर्मचारी महिला बन्दीलाई बलात्कार गरेको आरोपमा शुक्रबार पूर्पक्षका लागि कारागार चलान भएका छन् ।
कारागारमा कैदीबन्दीको रेखदेखमा खटिएका कार्यालय सहयोगिको पदमा कार्यरत राजविराज नगरपालिका ८ का ३५ वर्षिय चन्दन भनिने चन्द्रनारायण यादव पूर्पक्षका लागि शुक्रबार कारागार चलान भएका हुन् ।
सप्तरी जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको एकल इजलासले यादवलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिइएको हो । उनीमाथी सोही कारागारमा बन्दी जिवन बिताइरहेकी ३० वर्षीया एक महिलालाई बलात्कार गरेको आरोप छ ।
कारागार चलान भएका यादव विगत १७ वर्षदेखी राजविराज कारागारमा कार्यालय सहयोगि पदमा कार्यरत रहेका थिए । पीडित भनिएकी महिलालाई हाल कारागार सरुवा भई उदयपुर कारागारमा बन्दी जिवन बिताइरहेकी छिन् ।
महिला कैदीबन्दीलाई कारागार कार्यालयको प्रशासनिक भवनस्थित बिजुलीघरभित्र लागी गत २०८० माघ ५ गते यादवले बलात्कार गरेको पीडित महिलाले प्रहरीमा दिएको उजुरीमा उल्लेख छ ।
पीडित महिला २०७६ साउनदेखी राजविराज कारागारमा कर्तव्य ज्यान तथा आत्महत्या दुरुत्साहन मुद्दामा कैद सजाय भुक्तान गर्दै आएकी थिइन् । सोही समयमा आफूसँग कार्यालय सहयोगि यादवले बलात्कार गरेको उनले दिएको उजुरीमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/02 डिभिजन वन कार्यालयमा करोडौं मुल्य बराबरको क्षति
- 2082/06/02 दिपावली गरी संविधान दिवस मनाउने निर्णय
- 2082/06/02 मोर्चाले असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउने
- 2082/06/02 उच्चद्वारा जिल्ला अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग
- 2082/06/02 फरार ८२ कैदीबन्दी पक्राउ
- 2082/06/02 जेनजी आन्दोलनका क्रममा सहिद भएकाहरुको सम्मानमा दिप प्रज्वलन
- 2082/05/31 सबै जुटे सरसफाईमा
- 2082/05/31 जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
- 2082/05/31 मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ