News Category 2081/09/10
बल प्रयोग गरि घर भत्काउनुका साथै कुटपिट गरेको मण्डल परिवारको गुनासो
दैनिक समाचारदाता
राजविराज, १० पुस ।
आफ्नो नम्बरी जग्गामा बनाइएको घर भत्काइएको भन्दै एक पीडित परिवारले क्षतिपूर्ती तथा दोषिमाथी कारवाहीको माग गरेका छन् ।
सप्तरीको रुपनी गाउँपालिका २ पिपराही टोलका किशुन मण्डल परिवारले बुधबार घटनास्थलमै संचारकर्मीहरुसित कुरा गर्दै यस्तो गुनासो गरेका हुन् ।
उनले उक्त टोलमा आफ्नो नाममा रहेको १(ग) ७१६ किता नम्बरको एक कठ्ठा साढे तीन धुर जग्गामा निर्माणाधिन अवस्थामा रहेको भवनलाई बल प्रयोग गरि भत्काईएको गुनासो गरेका छन् ।
उक्त जग्गाको केही भाग पारेर विपक्षी वडाध्यक्ष सरोज कुमार यादव सहित स्थानिय चन्द्रनारायण साह, रामगुलाम साह, रामप्रित साह, मोति साह लगायत ३५÷४० जनाको समूहले गत मंसिर २७ गते ग्रामिण सडक बनाउने भन्दै सहमति विनै जेसिभी प्रयोग गरि भवन संरचना भत्काउन थालेको र रोक्न खोज्दा श्रीमति द्रोपती, बुहारी कल्पना र आफूमाथि प्रहरीकै उपस्थितमा कुटपीट गरेको मंडलले जानकारी गराएका छन् ।
जेसिभिले जथाभावी भत्काउन थालेपछि निर्माणाधिन अवस्थमामा रहेको पर्खाल, शौचालय, विद्युतीय वाईरिङ लगायत नष्ट भई करिव सात लाख बराबरको क्षति भएको मंडल परिवारको भनाई छ ।
मंडल परिवारले घट्नाको छानविन, क्षतिपुर्ती तथा दोषी माथि कारबाहीको माग समेत गरेका छन् ।
यस सम्बन्धमा इलाका प्रहरी कार्यालय रुपनीमा पीडक विरुद्ध उजुरी दिएपनि हालसम्म कुनै कारवाही नगरिएको पीडित मध्येका एक कल्पनाले जनाएकी छिन् ।
उक्त घट्नाको विषयलाई लिएर २०८१ पुष १ गते मंडल परिवारले रुपनी गाउँपालिकालाई समेत विपक्षी बनाउँदै उच्च अदालत जनकपुर राजविराज इजलासमा निषेघाज्ञा सम्बन्धी रिट निवेदन दायर गरेका थिए ।
उक्त रिट उपर सुनुवाही गर्दै न्यायधिशद्वय शुशिल कोइराला र कौशलचन्द्र सुवेदीको संयुक्त इजलासले अघिल्लो दिन मंगलबार तत्काल उक्त जग्गा हुँदै सडक निर्माणको काम नगर्न÷ नगराउन भनी विपक्षीहरुको नाममा अल्पकालिन अन्तिरिम आदेश जारी गरिदिएको छ ।
पीडित मंडल परिवारले सार्वजनिक हित भन्दापनि व्यक्तिगत लाभका लागि हाम्रो नाममा रहेको नम्बरी जग्गा हुँदै विपक्षीहरुले सडक निर्माण गर्न खोजेको दोषारोपण गर्दै सरकारी लगानीको दुरुपयोग रोक्न समेत छानवीन हुनु जरुरी रहेको बताएका छन् ।
यता वडाध्यक्ष सरोज कुमार यादवले दुई बर्ष अघि नै सडक बनाउने लिखित सहमति गरेपछि सोही अनुसार उनले घर निर्माण गरेको तर पछि आएर सडक बाटोमै पर्खाल र शौचालय निर्माण गरेपछि बाध्य भएर भत्काउनु परेको प्रतिक्रिया दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/09/11 समाजका ज्यूँदा इतिहासको संरक्षण जरुरी छ ः न्यायाधिश ज्ञवाली
- 2081/09/11 समाजसेवी ई. यादवद्वारा नवनिर्वाचित पदाधिकारी सम्मानित
- 2081/09/10 ९० हजार अपाङ्गता भएका व्यक्ति भएको सप्तरीमा १५ हजारलाई मात्र परिचयपत्र
- 2081/09/10 बल प्रयोग गरि घर भत्काउनुका साथै कुटपिट गरेको मण्डल परिवारको गुनासो
- 2081/09/10 पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई एमाले सम्मान
- 2081/09/09 श्रोेत नखुलेको रकमसहित व्यापारी साह पक्राउ, अनुसन्धानका लागि पुनः सात दिन म्याद थपियो
- 2081/09/09 बालविवाह न्यूनीकरणका लागि प्रहरीसँग जिल्ला स्तरीय अन्तरक्रिया सम्पन्न
- 2081/09/09 प्रअ झाको निधनले गाउँपालिका मर्माहत
- 2081/09/08 पाँच वर्ष अघि नाबालकको हत्यामा संलग्न फरार सबालक पक्राउ
- 2081/09/08 लागू औषधसहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ