News Category 2081/09/11
समाजका ज्यूँदा इतिहासको संरक्षण जरुरी छ ः न्यायाधिश ज्ञवाली
दैनिक समाचारदाता
राजविराज, ११ पुस ।
उच्च अदालत जनकपुर–राजविराज इजलाशका मुख्य न्यायाधिश बामदेव ज्ञवालीले ज्येष्ठ नागरिक समाजका ज्यूँदा इतिहास भएकाले उनीहरुको संरक्षण जरुरी रहेको बताएका छन् ।
चौथो जेष्ठ नागरिक राष्ट्रिय दिवसको अवसर पारेर विहिवार ज्येष्ठ नागरिक जिल्ला संघ तथा पूर्व कर्मचारी सेवा परिषद नेपाल सप्तरीले ज्येष्ठ नागरिकलाई सम्मान कार्यक्रमको प्रमुख आतिथ्यको आसन्नबाट उनले यस्तो बताएका हुन् ।
न्यायाधिश ज्ञवालीले ज्येष्ठ नागरिकहरु समाजमा ज्यँुदा इतिहास भएकाले उनीहरुबाट शिक्षा लिदै भावी र वर्तमान पुस्ता अघि बढ्नु पर्नेमा जोड समेत दिए ।
उनले भने “ज्येष्ठ नागरिक हाम्रो देशको गहना, सम्पदा र अमूल्य सम्पती हो, उनीहरुको सुृरक्षा र संरक्षण, घरपरिवार, टोल, समाज र सरकार सबैले मिलेर गर्नू पर्छ ।”
उनले तुलनात्मकरुपले नेपालको अहिलेको संविधान ज्येष्ठ नागरिकका लागी फराकिलो बनाईएको छ । “ऐन कानुनमा ज्येष्ठ नागरिकको हेरचार र पालनपोषण गर्नु हरेक नागरिकको कतब्र्य हुने र राज्यले विशेष संरक्षण दिने व्यवस्थामा छ ।” न्यायाधिश ज्ञवालीले भने– “तर दुर्भाग्य ज्येष्ठ नागरिक ज–जसबाट संरक्षित हुनु पर्ने हो उसैबाट अपहेलित र असुरक्षित हुने क्रम बढ्दो छ ।”
कार्यक्रममा ८० वर्ष भन्दा माथीका राजविराज नगरपालिका भित्रका ज्येष्ठ नागरिक नित्यानन्द देव, हरिनारायण यादव, बद्री राजभण्डारी, दशरथ सुनरैत यादव र जसवा सदालाई दोसल्ला तथा करदपत्रबाट सम्मान गरिएको छ ।
नागरिक समाज सप्तरीका अध्यक्ष थानसिह भन्सालीले ज्येष्ठ नागरिक घर परिवार र समाजबाटै अपहेलित हुने गरेको भन्दै यसमा सुधारको आवश्यक्ता औल्याए । ज्येष्ठ नागरिकको जिवनयापन सहज बनाउन परिवार, समाज र संस्थाको भर नपरि राज्यले आफै दायित्व लिनुपर्ने उनको कथन छ ।
नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद् सदस्य मनोज कुमार माझीले बाबुआमा समान ज्येष्ठ नागरिक समाजका प्रेरणाका श्रोत र अनुभवको खानी रहेको भन्दै उनीहरुबाट वर्तमान र भावीपूस्ताले धेरै कुरा सिक्नु पर्नेमा जोड दिए ।
ज्येष्ठ नागरिक जिल्ला संघ सप्तरीका अध्यक्ष रामनरेश सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा संघका सचिव एवं प्रेस स्वतन्त्रता सेनानी बैजनाथ झा, पूर्व कर्मचारी सेवा परिषद् नेपाल सप्तरीका पूर्वअध्यक्षद्वय प्रयागलाल यादव, सुगम्बर यादव, ज्येष्ठ नागरिक वडासमितिका सभापति सत्यनारायण देव, नेपाल राष्ट्रिय मारवाडी परिषद्का उपाध्यक्ष मन्जु सारदा, समाजसेवी हितनारायण लाल दास लगायतले पनि बोल्दै ज्येष्ठ नागरिकको सुरक्षा र संरक्षणका लागि सबै मिलेर काम गर्नु पर्नेमा जोड दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ