News Category 2081/09/25
सप्तरीमा एक सय ९३ फरार प्रतिवादी पक्राउ
दैनिक समाचारदाता
राजविराज, २४ पुस ।
सप्तरी प्रहरीले चालु आ.ब.को पाँच महिनाको अवधीमा एक सय ९३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । फरार अभियुक्तमाथी कडा निगरानी र अनुसन्धान बढाएसँगै विभिन्न अपराधका अभियुक्त धमाधम पक्राउ पर्न थालेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख उपरिक्षक ढकेन्द्र खतिवडाका अनुसार चालु आर्थिक वर्ष २०८१÷०८२ को हाल सम्ममा सबै भन्दा बढी १ सय ९३ फरार प्रतिवादी पक्राउ परेका छन । चालु आ.व.को ५ महिनाको अवधीमा समातिएका फरार प्रतिवादीको यो संख्या हाल सम्मकै बढी रहेको उनले जानकारी समेत दिए ।
विभिन्न खाले अपराध गरी विभिन्न ठाउँमा लुकेर वसेका अभियुक्तमाथी प्रहरीले अपरेशन बढाएकोले पक्राउ परेकाहरुबाट ३३ वर्ष ११ महिना ७ दिन कैद सजाय र ५ लाख ९९ हजार ५८ रुपैया जरिवाना असुलका लागी सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरी उपरिक्षक खतिवडाको भनाई छ ।
विगतमा प्रहरीले घटना भएको केही समय मात्रै अभियुक्त खोजी गर्ने र घटना पुरानो हुदै गएपछी फरार अभियुक्त खोज्न खासै चासो नदेखाउने गुनासो पनि उठने गरेको थियो । तर पछिल्लो समय प्रहरीले सक्रियता देखाउदै सबै भन्दा बढी फरार अभियुक्त पक्राउ गर्न सफल भएको छ ।
“विगत वर्षमा भन्दा यो वर्ष फरार अभियुक्तको सूचिमा रहेका धेरै ब्यक्तीहरु पक्राउ परेका छन, यसमा अझै चासो बढाएका छौ, प्रहरी उपरिक्षक खतिवडाले भने “अपराधको प्रकृति र अवस्था हेरेर प्रहरीले सुक्ष्म अनुसन्धान थालेको छ ।”
फरार अभियुक्त पक्राउ गरी पैmसला कार्यान्वयन गर्दा प्रहरीले राजश्व रकम समेत बढाएको छ । यस बाहेक सोही अवधीमा प्रहरीले भन्सार छलीका ७० लाख ७२ हजार ४ सय ५ रुपैयाको अवैध समान जफत गरी भन्सार कार्यालयमा बुझाएको प्रहरी तथ्याङ्कले देखाएको छ ।
यस अवधीमा लागु औषध गाँजा २ हजार ६४ किलो, एम्पुल इन्जेक्शन १ सय ७४, स्पासमा प्रोक्स ट्याब्लेट ६४ र ब्राउन सुगर १ दशमलव ६२ मिलीग्राम जफत गरी १० जना मानिस समेत पक्राउ गरी कारवाही प्रकृया अघि बढाइएको प्रहरीको भनाई छ ।
यस्तै यस अवधिमा जिल्लाको विभिन्न स्थानमा सवारी दुर्घटनाका १ सय ८५ घटनामा ७ जनाको मृत्यु तथा ३ सय ८४ जना घाईते भएको प्रहरीद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ ।
प्रहरी उपरिक्षक खतिवडाले अपराधमुक्त समाज निर्माण, सवारी दुर्घट्ना न्युनिकरण, साईबर अपराध, लागु औषध प्रयोगले हुने हानी नोक्सानी, आत्महत्या न्युनिकरण, आगलागी, बाढी पहिरो, बालविवाह, दाईजो लगायतका विभिन्न विकृति विसंगती विरुद्ध यस अवधीमा सचेतनाका १ सय ५५ वटा कार्यक्रम सम्पन्न गरिएको जानकारी दिएका छन् ।
यस्ता अभियानलाई अझ द्रुत गतिमा अगाडी बढाउदै लगिने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ