News Category 2081/10/08
आयोजक सन्यासी क्लब छैठो मेयरकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा
दैनिक समाचारदाता
राजविराज, ८ माघ ।
आयोजक सन्यासी युवा क्लब पोखरिया सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेल मैदानमा सञ्चालित छैठो मेयरकप २०८१ फुटबल प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेको छ ।
शम्भुनाथ नगरपालिकाको सहयोगमा सन्यासी युवा क्लब पोखरिया सप्तरीको संयोजन तथा छैठो मेयरकप २०८१ फुटबल प्रतियोगिता सञ्चालन समितिद्वारा सञ्चालित प्रतियोगिता अन्तर्गत मंगलवार सम्पन्न खेलमा स्पोर्टस एकेडेमी बिराटनगर मोरङ्गलाई शून्यका बिरुद्ध एक गोल अन्तरले पराजित गर्दै आयोजक सन्यासी क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।
प्रतियोगिताको पहिलो हाफको २७ औं मिनेटमा सन्यासी क्लबका जर्सी नम्बर ६ का खेलाडीले गोल गरी टिमको जित निश्चित गरेको थियो ।
प्रतियोगिता अन्तर्गत बुधवार त्रियुगा स्पोर्टस क्लब फत्तेप्ुर सप्तरी र बैलखारी युवा क्लब महोत्तरीबीच हुने सन्यासी युवा क्लवका सचिव श्रवण कुमार चौधरीले जानकारी दिए ।
सप्तरीसहित सिरहा, महोत्तरी, उदयपुर र मोरङ्गका १० टिमको सहभागिता रहेको सो प्रतियोगिताका बिजेता टिमले नगद रु. ५५ हजार तथा ट्रफि र उपविजेता टिमले नगद रु. ४५ हजार तथा कप प्राप्त गर्ने आयोजकले जनाएको छ । सन्यासी युवा क्लवले गत २०४३ सालदेखि फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ