News Category 2081/10/08
आयोजक सन्यासी क्लब छैठो मेयरकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा
दैनिक समाचारदाता
राजविराज, ८ माघ ।
आयोजक सन्यासी युवा क्लब पोखरिया सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेल मैदानमा सञ्चालित छैठो मेयरकप २०८१ फुटबल प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेको छ ।
शम्भुनाथ नगरपालिकाको सहयोगमा सन्यासी युवा क्लब पोखरिया सप्तरीको संयोजन तथा छैठो मेयरकप २०८१ फुटबल प्रतियोगिता सञ्चालन समितिद्वारा सञ्चालित प्रतियोगिता अन्तर्गत मंगलवार सम्पन्न खेलमा स्पोर्टस एकेडेमी बिराटनगर मोरङ्गलाई शून्यका बिरुद्ध एक गोल अन्तरले पराजित गर्दै आयोजक सन्यासी क्लब सेमिफाइनलमा प्रवेश गरेको हो ।
प्रतियोगिताको पहिलो हाफको २७ औं मिनेटमा सन्यासी क्लबका जर्सी नम्बर ६ का खेलाडीले गोल गरी टिमको जित निश्चित गरेको थियो ।
प्रतियोगिता अन्तर्गत बुधवार त्रियुगा स्पोर्टस क्लब फत्तेप्ुर सप्तरी र बैलखारी युवा क्लब महोत्तरीबीच हुने सन्यासी युवा क्लवका सचिव श्रवण कुमार चौधरीले जानकारी दिए ।
सप्तरीसहित सिरहा, महोत्तरी, उदयपुर र मोरङ्गका १० टिमको सहभागिता रहेको सो प्रतियोगिताका बिजेता टिमले नगद रु. ५५ हजार तथा ट्रफि र उपविजेता टिमले नगद रु. ४५ हजार तथा कप प्राप्त गर्ने आयोजकले जनाएको छ । सन्यासी युवा क्लवले गत २०४३ सालदेखि फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ