News Category 2081/12/19
ईक्युवालिटी कपमा सप्तरीको दोस्रो जित
दैनिक समाचारदाता
राजविराज, १९ चैत ।
बिराटनगरमा संचालित चौथो ईक्युवालिटी कप टि–ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा सप्तरीले दोश्रो जित हात पारेको छ ।
नेपाल क्रिकेट फाउन्डेशन बिराटनगरद्वारा संचालित उक्त प्रतियोगिता अन्तरगत मंगलबार सम्पन्न खेलमा सप्तरीले सिरहालाई ८ विकेटले पराजित गरेको हो ।
उक्त खेलमा साक्षी यादवको उत्कृष्ट ब्याटिङले सप्तरीले लगातार दोस्रो जित निकाल्न सफल भएको छ ।
सप्तरीले दिएको १ सय ३ रनको लक्ष्य पछयाउने क्रममा सिरहाले १९ ओभर ६ बलमा सबै बिकेट गुमाई ९४ रनमै सिमित भयो । जसमा अनुराधा चौधरीले १९ र प्रतिक खड्काले ११ रन बाहेक कुनै खेलाडी दोहोरो अंक पार गर्न सकेनन् । यता बलिङतर्फ सप्तरीकी अपेक्षा यादबले ४, सुस्मिता यादब र साक्षी यादबले २÷२ बिकेट लिएकी थिइन् ।
टस जितेर सप्तरीले १९ ओभर ६ बलमा ९ बिकेट गुमाएर १ सय २ रनको योगफल खडा गरेको थियो । जसमा साक्षी यादवले उत्कृष्ट ब्याटिङ गर्दै ५७ रनको पारी खेलेकी थिइन् भने अपेक्षा यादवले ११ रन बनाइन् ।
बलिङतर्फ सिरहाकी अनुराधा चौधरी ४, सरस्वती चौधरीले ३, मिना महतो, प्रतीक्षा खडका १÷१ बिकेट हात पारेकी थिइन् । उक्त खेलमा सप्तरीका साक्षी यादब प्लेयर अफ दि म्याच घोषित भइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/17 तिलाठी कोइलाडी सप्तरीको पाँचौ बाल विबाहमुक्त पालिका
- 2082/09/17 इन्डो–नेपाल क्रिकेटको उपाधी घरेलु टिमलाई
- 2082/09/17 “बाबा” को पुस्तक किनेरै पढ्ने रुची
- 2082/09/15 जनमुखीको २४ साधारण सभा सम्पन्न
- 2082/09/14 छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा आमा पक्राउ
- 2082/09/14 चिसो बढेपछी विद्यालयमा बिदा
- 2082/09/14 ईन्डो– नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात
- 2082/09/14 अग्निपीडित परिवारलाई राहत
- 2082/09/13 चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द
- 2082/09/13 विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ