News Category 2071/11/22
फागुन २४ देखी राजविराजमा योग शिविर
दैनिक संवाददाता
राजविराज, २१ फागुन ।
पतंजली योग समिति सप्तरीको आयोजनामा फागुन २४ गतेदेखी २९ गतेसम्म सप्तरीको राजविराजमा योग शिविर संचालन हुने भएको छ ।
फागुन १४ गतेदेखि आयुर्वेद शिरोमणी आचार्य श्री बालकृष्णजी महाराजद्वारा महाकाली नदीको किनारबाट सुरु गर्नुभएको मेचीमहाकाली योग जागरण यात्रा फागुन २३ गते राजविराजमा आई शिविरमा परिणत हुने जनाइएको छ ।
नेपाल पत्रकार महासंघमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा योग शिविरको तयारी पुरा भइसकेको मिडिया संयोजक रहेका पतंजलि योग साप्ताहिकका किसुनदेव यादवले जानकारी दिनुभयो ।
संयोजक यादवले फागुन २४ गते सप्तरीको राजविराजस्थित राजरंगशालामा आयोजना हुने योग शिबिरको उद्घाटन राष्ट्र सहप्रभारी लवदेव मिश्रले गर्ने जानकारी दिनुभयो ।
फागुन २४ गते देखि २९ गते सम्म संचालन हुने सो योग शिबिर प्रत्येक दिन बिहान ५ बजेदेखि ७ बजेसम्म संचालन हुने तथा सो शिबिरमा योग यात्रा केन्द्रिय कार्यालय काठमाण्डौबाट दुई सय योग यात्रीहरु सप्तरीको राजविराजसहित जिल्लाको विभिन्न ग्रामिण भेगहरुमा एउटै समयमा संचालन हुने जनाउनुभयो ।
साथै राजविराजको विभिन्न २७ स्थान र बाँकी जिल्लाको ग्रामिण भेगको ८५ स्थानमा योग शिबिर संचालन हुने जनाइएको छ ।
योग शिबिरका लागि नगरको विभिन्न भागको परिक्रमा पश्चात् जिल्लाको विभिन्न स्थानमा करिब २ सय योग शिबिर समेत आयोजना हुने आयोजक मुल समितिका संयोजक हरीहर चौधरीले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ