News Category 2071/11/22
भारदहमा भागवत महापुराण कथा आयोजना हुने
दैनिक संवाददाता
राजविराज, २१ फागुन ।
ब्राह्मण सेवा सभा तथा कंकालिनी भगवति मन्दिर विकास समिति भारदहको संयुक्त आयोजनामा भागवत महापुराण कथाको आयोजना हुने भएको छ ।
सप्तरीको भारदहस्थित कंकालिनी मन्दिरको प्राङ्गणमा चैत्र ७ गतेदेखि नवरात्रीको अवसरमा देवी भागवत महापुराण कथाको आयोजना गरिने जनाइएको छ ।
कंकालनी मन्दिर परिसरमा बिहीबार सम्पन्न बैठकले महापुराणको लागि विभिन्न उपसमिति गठन गरेको छ ।
सो बैठकले पूजापाठ तथा मण्डप निर्माण उपसमितिको संयोजकमा सुशील झा, सम्मान कार्य एवम् निर्णायक उपसमिति संयोजकमा शम्भु झा, प्रचार प्रसार उपसमिति संयोजकमा धर्मपाल राउत र निगरानी तथा स्वयम्सेवक परिचालन उपसमिति संयोजकमा प्रभानन्द मण्डललाई चयन गरिएको छ ।
त्यस्तै सल्लाहकार समितिमा क्रमश मनमोहन झा, मन्दिर विकास समितिका अध्यक्ष गजेन्द्र माझी, कंकालिनी मन्दिरका मूल पूजारी चन्द्रकान्त भारती र जटाघर ठाकुर र कमलानन्द झा रहेका छन ।
सो कार्यक्रममा विभिन्न विधा तथा क्षेत्रमा ख्याति कमाएका सात जनालाई सप्तऋषि सम्मान तथा पाँच जना महिलालाई जानकी सम्मानबाट सम्मानित गरिने निर्णय गरिएको छ ।
सो कार्यक्रमलाई सफल पार्न आग्रह, सप्तरीसँगै मोरंग, सुनसरी, सिरहा, महोत्तरी, धनुषा जिल्लाका भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको प्रचार प्रसार उपसमितिका संयोजक धर्मपाल राउतद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/08 सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयप्रति महासंघद्वारा देशव्यापी दबाबमूलक अभियान संचालन
- 2083/01/08 ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद
- 2083/01/06 दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण
- 2083/01/06 डेढ करोड भन्दा बढी राजश्व संकलन, २ हजार ९ सय ६० किलो गाजा बरामद
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ