News Category 2071/11/24
राजविराजमा मेची महाकाली योग जागरण यात्रा
राजविराज÷पतंजली योग समिति सप्तरीको आयोजनामा राजविराजस्थित रंगशालामा मेचीमहाकाली योग जागरण यात्रा शिविरको आयोजना गरिएको छ ।
पतंजली योग समितिका नगर संयोजक बद्रीराज भण्डारीको अध्यक्षता तथा राष्ट्र सहप्रभारी लवदेव मिश्रको प्रमुख आतिथ्यमा आयोजित सो शिबिरमा स्थानीय विकास अधिकारी कोमल प्रसाद धमला, नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश खतिवडा, नेकपा एमाले अध्यक्ष गोविन्द न्यौपाने लगायतकाहरुले आ–आफनो शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो ।
यसअघि शनिबार फागुन १४ गतेदेखि आयुर्वेद शिरोमणी आचार्य श्री बालकृष्णजी महाराजद्वारा महाकाली नदीको किनारबाट सुरु गर्नुभएको मेचीमहाकाली योग जागरण यात्रा शिविरमा परिणत भएको थियो ।
फागुन २४ गते देखि २९ गते सम्म संचालन हुने सो योग शिबिर प्रत्येक दिन बिहान ५ बजेदेखि ७ बजेसम्म संचालन हुनेछ ।
सो शिबिरमा योग यात्रा केन्द्रिय कार्यालय काठमाण्डौबाट एक सय पाँच जना योग यात्रीहरु सप्तरीको राजविराजसहित जिल्लाको विभिन्न ग्रामिण भेगहरुमा एउटै समयमा संचालन भएको छ । साथै राजविराजको विभिन्न २७ स्थान र बाँकी जिल्लाको ग्रामिण भेगको ८५ स्थानमा योग शिबिर संचालन हुने मिडिया संयोजक रहेका पतंजलि योग साप्ताहिकका किसुनदेव यादवले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
- 2082/06/28 एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना
- 2082/06/28 पत्रकार माझीमाथी हातपात र दुव्र्यबहार निन्दनीय, दोषीलाई कारवाहीको माग ः पत्रकार महासंघ
- 2082/06/27 पत्रकार माझीमाथी गरिएको अभद्र व्यवहार र हातपातप्रति तीन पत्रकार संघ संगठनद्वारा भत्र्सना
- 2082/06/27 चोरीका चार मोटरसाइकलसहित सात जना पक्राउ
- 2082/06/27 महोत्सवको नाम दिएर समाजमा बिकृती फैलाउने काम ः जेनजी यूवा समूह
- 2082/06/26 दुई पालिकामा महिला तथा बालबालिका हिंसा विरुद्धको निर्देशिका पारित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ